arrow

सलमानको बालाको रहस्य

logo
प्रकाशित २०७५ माघ २ बुधबार
salman-khan-bracelet-759.jpg

काठमाडौं । बलिउड स्टार सलमान खान भारतमा मात्र नभई विश्वका धेरै स्थानमा परिचित छन् । बलिउडमा उनका राम्राभन्दा राम्रा फिल्महरु छन् । उनले खेलेको फिल्मको कमाइको अनुमान रिलिजहुनुभन्दा पहिला नै सय करोडभन्दा बढीबाट शुरु हुन्छ ।
 
जसको कारण उनको नीजि जीवनको बारेमा पनि धेरैलाई चासो हुन्छ । तर, उनले लगाउने गरेको ब्रासलेटको रहस्यबारे भने धेरै मानिसहरु अनजान नै छन् ।

सलमान खान कहिले पनि आफ्नो बाला (ब्रासलेट) फुकाल्दैनन् । आफ्नो फिल्मको सुटिङमा पनि उनी त्यसलाई फुकाल्दैनन् ।  सलमानको उक्त ब्रासलेट एक विशेष रत्नबाट बनेको छ । यसको चौडाइ १ दशमलव ७५ सेन्टिमिटरको छ र यसको करिब एक सय ग्राम रहेको छ । सञ्चारमाध्यममा बताइएअनुसार उनलाई सो ब्रासलेट उनका बाबुले दिएका हुन् ।

सलमान खानका फ्यानहरुका अनुसार उनको सफलताको कारण ब्रासलेट हो । त्यसैले उनी यसलाई फुकाल्दैनन् । त्यसका साथै फिरोजा रत्न मजबुत ब्रह्माण्डीय गुण भएको शक्तिशाली रत्न हो ।  यो कारणले पनि उनले उक्त ब्रासलेट आफूसँगै राखेका हुन् । यो ब्रासलेटको मूल्य करीब ९० हजार देखि १ लाखसम्म पर्छ । सलमान खानको ब्रासलेटमा प्रयोग गरिएको पत्थर युरोपको प्राचीन पहाडी क्षेत्रमा मात्र पाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ