arrow

चन्द्रमामा चीनले उमार्‍यो कपास, आलु पनि उम्रने विश्वास

logo
एजेन्सी
प्रकाशित २०७५ माघ २ बुधबार
china_cotton_moon.jpg

काठमाडौं । चीनले चन्द्रमामा कपास उमार्ने काममा सफलता हासिल गरेको छ । चीनले चन्द्रमामा पठाएको यानमा पठाइएको बीऊ चन्द्रमामा अंकुरित भएको हो । चन्द्रमामा जैविक प्रयोग गरिएको यो पहिलोपटक हो । 

अहिलेसम्म यस किसिमको प्रयोग गरिएको थिएन । मंगलबार वैज्ञानिकहरुले चन्द्रमामा कपास उम्रिएको जानकारी दिएका हुन् ।

चीनले चन्द्रमामा आलु पनि उमार्न सकिने अपेक्षा गरेको छ ।  चीनको चोङकिङ विश्वविद्यायलयको एडभान्स टेक्नोलोजी रिसर्च इन्स्टिच्युटले सार्वजनिक गरेको तस्वीरअनुसार चाङ ई–४ चन्द्रमामा उत्रिएपछि कपासको बीऊ अंकुरित भएको हो । 

अन्तरिक्षको महाशक्ति बन्नका लागि ३ जनवरीमा चीनले आफ्नो चाङ ई–४ विमान चन्द्रमामा उतारेको थियो । यो विमान प्राकृतिक उपग्रहले कहिले पनि नदेखेको हिस्सामा पुग्ने पहिलो अन्तरिक्ष विमान बनेको थियो । 

चोङकिङ विश्वविद्यालयका वैज्ञानिकले हावा, पानी र माटोसहितको १८ सेन्टिमिटरको एक भाँडोमा कपास, आलु, सस्र्युंजस्ता प्रजातिका बीऊहरु चन्द्रमामा पठाएको थियो । 

पछिल्लो तस्वीरमा कपासको बीऊ निकै राम्रो किसिमले विकास भइरहेको छ तर अन्य बीउ अंकुरित भएको समाचार भने आएको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ