arrow

नेपथ्य ब्यान्डको बृहत सांगितीक कार्यक्रमको तयारी अन्तिम चरणमा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ माघ २ बुधबार
Nepathya-Front.jpg

पाँचथर । अशक्त,असहाय,र दीर्घरोगीलाई सहयोगार्थ तथा पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले पाँचथरको फिदिममा नेपथ्य ब्यान्डको प्रस्तुतीमा बृहत साँस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

 आज बेलुका हुने सास्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको मंगलबार आयोजक क्लवहरुले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोजक सुम्हात्लुङ युथ क्लवका अध्यक्ष दिपेन्द्र योक्पाङदेनले नेपथ्य ब्यान्डको कन्र्सटको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए।

 फिदिममा पहिलो पटक नेपथ्य ब्यान्डले आफ्नो प्रस्तुती पस्कदैछ । बुधबार बेलुका ६ बजेबाट शुरु हुने र सवा ८ बजे सकिने उक्त कार्यक्रम निर्धारित समयमै शुरु हुने भएकोले समय अगावै कार्यक्रम स्थान फिदिम माविको खेलमैदानमा प्रवेश गरिसक्न आयोजकले अनुरोध गरेको छ ।

यस्तै ५ वर्ष मुनिका वालवालिकाहरुलाई उक्त कार्यक्रममा प्रवेश निषेध गरिएको बताइएको छ । यस्तै उक्त बृहत साँगितिक कार्यक्रममा २० वटा गितहरु प्रस्तुत गरिनेछ । उक्त ब्यान्डमा सेक्यूरेटी सहित ९० जनाको टोली रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ