arrow

श्रीदेवीको मृत्युमा बनेको चलचित्रमा परिवारले जनायो आपत्ति, निर्देशकलाई पठाइयो पत्र

logo
प्रकाशित २०७५ माघ २ बुधबार
sridevi-gets.jpg

काठमाडौं । स्वर्गीय भारतीय अभिनेत्री श्रीदेवीको जीवनमा आधारित चलचित्र आउने भएको छ । सो चलचित्रमा इन्टरनेटबाट चर्चामा आएकी प्रिया प्रकाशले श्रीदेवीको भूमिका निर्वाह गरेकी छिन् ।  श्रीदेवीको जीवनमा बनेको उक्त चलचित्रमा उनको दुबईको अन्तिम पार्टीको विषयमा पनि केही प्रकाश पार्न खोजिएको छ भने उनले कसरी बलिउडमा राज गरेकी थिइन् भन्ने विषयलाई पनि उठाइएको छ ।
 
श्रीदेवीको मृत्युको समयमा विभिन्न किसिमका हल्लाहरु बाहिर आएका थिए । उनलाई उनका पतिले हत्या गरेकोसम्मका हल्लाहरु आएका थिए तर दुबई प्रहरीको जाँचमा उनको मृत्यु अचानक भएको पुष्टि भएको थियो ।  उनको विषयमा बनेको चलचित्रको एक मिनेट ४९ सेकेण्डको टीजर पनि सार्वजनिक भएको छ । सो चलचित्रको टीजरमा श्रीदेवीको मृत्युसँग यो चलचित्र जोडिएको देखिएको छ तर निर्माताले भने उनको मृत्युसँगै चलचित्र सम्बन्धित नरहेको बताउँदै आएको छ ।

श्रीदेवीको परिवारले चलचित्रको केही सिनमा आपत्ति जनाउँदै निर्मातालाई कानुनी पत्र पनि पठाएको छ । श्रीदेवीको नाम उच्चारण र डुबेर मरेको सिनमा परिवारले आपत्ति जनाएका हुन् ।  निर्देशकले भने यो चलचित्र श्रीदेवीको नाममा नरहेको बताएका छन् ।

उनले चलचित्रमा नायिकाको नाम श्रीदेवी छ तर यो नाम जसको पनि हुनसक्ने भन्दै यो पत्रको सामना गर्ने प्रतिक्रिया दिएका छन् ।
यससँगै यो चलचित्र बजारमा आउने वा प्रतिबन्धित चलचित्रको सूचीमा पर्ने भन्ने कुरा भने हेर्न बाँकी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ