arrow

बुढासुब्बा गोल्डकप : मस्र्याङदी तेस्रो पटक च्याम्पियन, पुलिस स्तब्ध

logo
प्रकाशित २०७२ फागुन २२ शनिबार
MMC-VS-Polic-fnl.jpg.jpeg
सुनसरी । १८औं बुढासुब्बा गोल्डकप फुटबलको उपाधि कब्जा गर्दै मनाङ मस्र्याङदी तेस्रो पटक च्याम्पियन बनेको छ । धरानको एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा शनिबार भएको फाइनलमा मनाङले विभागिय टोली नेपाल पुलिस क्लवविरुद्ध १–० गोलको जित निकाल्दै उपाधि चुमेको हो । 
 
यसअघि मनाङले २०६० र ०६७ को बुढासुब्बा गोल्डकपको उपाधि जितेको थियो । बुढासुब्बा गोल्डकप च्याम्पियन मनाङले भरखरै विराट गोल्डकप फुटबलमा पुलिससंग भोगेको पराजयको बदलासमेत राम्ररी लिएको छ । विजेता मनाङले ४ लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता पुलिसले २ लाखमा चित्त बुझायो । 
 
प्रतियोगितामा ‘ओलावाले’ राज
खेलको ८७औं मिनेटमा अफ्रिकन खेलाडी एपीज ओलावालेले मनाङलाई जिताउन निर्णायक गोल गरे । मनाङलाई बुढासुब्बाको ट्रफी दिलाएका ओलावाले प्रतियोगिताको म्यान अफ द म्याच मात्रै भएनन् सर्वाधिक गोलकर्ता समेत घोषित भए । प्रतियोगितामा ५ गोल गरेका उनले सर्वाधिक गोलकर्ताको २५ हजार रुपैयाँ र म्यान अफ द म्याचको नगद ५ हजार पुरस्कार समेत सुरक्षित गरे ।
 
प्रतियोगिताको उत्कृष्ट खेलाडी र गोलकिपर मनाङकै किरण चेम्जोङ घोषित भए । उनले उत्कृष्ट गोलरक्षकको नगद ११ हजारसहित १ सय २५ सीसीको यामाहा मोटरसाइकल पाए । उत्कृष्ट रक्षकमा पुलिसका सुरज विक, उत्कृष्ट मिडफिल्डर मनाङका हेमन्त गुरुङ र फरवार्ड अनिल गुरुङ रहे । मनाङका प्रशिक्षक छिरिङ गुरुङ उत्कृष्ट ठहरिए । उत्कृष्ट सवैले जनही ११ हजार पुरस्कार पाएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ