- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहको आउदो चलचित्र 'गल्लि ब्वाइज' मा रणवीर सिंहकी प्रमीका आलिया भट्ट देखिने भएका छन् । रणवीर सिंह र आलिया भट्ट स्टारर चलचित्रको ट्रेलर पनि सार्वजनीक भइसकेको छ । चलचित्र निर्देशन जोया अख्तरले गरेका छन् । फरहान अख्तर, रितेश सिधवानी, एक्सल एन्टरटेनमेन्ट ब्यानरमा चलचित्र निर्माण भएको हो । 'गल्लि ब्वाइज' २०१९ मा रणवीर र आलिया को पहिलो चलचित्र हो । चलचित्र भ्यालेनटाइम डेमा रिलिज हुनेछ ।
साथै दीपिका पादुकोणले पनि विवाहपछि नयाँ प्रोजेक्ट साइन गरेकी छन् । सो चलचित्रमा उनि पूर्वप्रेमी रणबीर कपूरसँग देखिनेछिन् । दीपिका पाले हालै रणवीर सिंहसँग विवाह गरेकि छन् । आफ्नो अभिनयले दर्शकको मन जित्न सफल दीपिका र रणवीर विवाहपछि भने एकै चलचित्रमा देखिएका छैनन् ।
रणबीर कपूर र दीपिका चाँडै निर्देशक प्रेम रंजनको चलचित्रमा देखिदैछन् । चलचित्रमा रणबीर कपूर र अजय देवगन लीड रोलमा रहेका छन् । दीपिका महिला लीड रोलमा रहने छिन्।
रणबीर कपूर र दीपिका लीड रोलमा इम्तियाज अलीको चलचित्र 'तमाशा' मा देखिएका थिए । साथै चलचित्रले धेरै मानिसलाई आकर्षित गरेको थियो । चलचित्र सो समय सबैभन्दा मनपर्ने फिलिमहरु मध्ये एक थियो। 'तमाशा' भन्दा पहिले दुवैले अयान मुखर्जीको चलचित्र 'यो जवानी हे देवदेवी' मा देखिएका थिए । चलचित्रलाई दर्शकहरूलाई धेरै माया प्रेम पनि दिए। रणबीर र दीपिकाको अन्तरिक र बाह्य कारणका बिच दर्शकहरूले चलचित्रलाई मन पराए।
रणबीर कपूर र दीपिका पादुकोणको ब्रेकअपपछि प्रशंसले यो जोडिलाई एकसाथ देख्ने आशा छोडेका थिए । यो जोडा लामो समयदेखि कुनै पनि फिल्ममा देखिएनन् । अब दीपिका र रणबीरका प्रशंसकहरू निकै उत्साहित छन्। निर्देशक प्रेम रंजनको यो चलचित्रको सुटिङ २०१९ को जुनबाट सुरु हुने बताइएको छ । तबसम्म दीपिका मेघना गुलजारको आगामी चलचित्रको छपाकको सुटिङ समाप्त गर्नेछिन् ।