arrow

सुन्दर महिला मात्र बस्ने गाँउमा किन छ पुरुषको अभाव ?

logo
प्रकाशित २०७५ माघ २ बुधबार
brazil-women.jpg

काठमाडौं । विश्वमा धेरै अनौठा कुराहरु सुन्न र देख्न पाइन्छ । त्यस्तै अनौठो गाउँ ब्राजिलमा फेला परेको छ । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा रहेको सो रहस्यमयी गाउँमा केवल महिलाहरु मात्र बस्ने गर्छन् । रियो दि जेनेरियोबाट ३ सय माइल उत्तरमा रहेको एक सानो गाउँमा करिब ६ सय महिला मात्रै बस्ने गर्छन् । जसमा ३ सयभन्दा बढी २० देखि २५ वर्ष उमेरका महिला छन् ।
 
उक्त गाउँ एक शताब्दीदेखि बाहिरी विश्वबाट अलग छ र आफ्नो सुन्दरताको लागि प्रसिद्ध छ । अन्य गाउँमा पुरुषहरु महिलाको खोजीमा हुन्छन् तर सो गाउँको अवस्था ठीक विपरीत छ । सो गाउँमा युवाहरु भेटिनु निकै कठिन छ ।
 
यसको प्रमुख कारण यहाँका पुरुषहरु शहरमा काम गर्न जानु हो । जसको कारण महिलामाथि सबै जिम्मेवारी दिइने गरिएको छ । यहाँका सबै महिलाहरु विवाह र प्रेमको सपना देख्ने गरेको बताउँछन् ।

सो गाउँमा विवाह भएका पुरुषहरु र उनीहरुको १८ वर्षभन्दा माथिको छोराले गाउँ छाड्नुपर्छ ।  यहाँ खेतीकिसानीदेखि सबै कामहरु महिलाले गर्छन् । उक्त गाउँ सशक्त महिला समुदायको कारण चर्चित छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ