arrow

८ वटा जागीर छोडेर युवतीले सुरु गरिन् यस्तो व्यापार, राष्ट्रपतिले दिए पुरस्कार

logo
प्रकाशित २०७५ माघ २ बुधबार
lady-president.jpg

काठमाडौं । भनिन्छ, जहाँ दुःख हुन्छ, त्यहीँ सुखको सम्भावना पनि हुन्छ । कसैले अथक प्रयास गरेर आफ्नो उद्देश्यमा अघि बढ्छ भने उसले कुनै न कुनै बाटो भेटाउन सक्छ । एक भारतीय युवती यसको उदाहरण बन्न पुगेकी छिन् ।

भारतको उत्तराखण्डमा बस्ने दिव्या रावत च्याउ खेतीबाट वर्षेनीं एक करोड भारतीय रुपैयाँभन्दा बढीको आम्दानी गर्दै आएकी छिन् । उनको कारणले भारतको पहाडी जिल्लामा हजारभन्दा बढी मानिसहरुले रोजगारी पनि पाएका छन् ।

गत वर्ष भारतीय राष्ट्रपति प्रणव मुखर्जीले उनलाई नारी शक्ति पुरस्कार प्रदान गरेका थिए । दिव्याका पिता अवकाशप्राप्त सैन्य अधिकारी हुन् । उनले नोएडाको विश्वविद्यालयबाट पढाइ गरेकी थिइन् । यसपछि उनले नोकरी सुरु गरेकी छिन् । उद्यपि उनको सोचाइ केही फरक किसिमको प्रयास गर्नु रहेको थियो, जसको कारण उनले ८ ओटा रोजगारी परिवर्तन गरेपछि अन्तिममा आफ्नै व्यवसाय सुरु गर्ने निर्णय गरेकी छिन् ।

उनले गाउँको प्राकृतिकको संसाधनको प्रयोग गरी च्याउ खेती सुरु गरेकी थिइन् । विस्तारै विस्तारै दिव्याले आफ्नो व्यवसायमा अन्य मानिसहरुलाई पनि जोडेर एक कम्पनी स्थापना गरेकी थिइन् । यो कम्पनीको वार्षिक बिक्री २ करोड भारतीय रुपैयाँ रहेको छ ।

यद्यपि कम्पनीले यस किसिमको सफलता हासिल गर्नुको पछाडि उनको कडा मिहिनेत मुख्य कारण रहेको छ । यसको शुरुवात एक सानो कोठाबाट भएको थियो । अथक प्रयाससँगै दिव्याले आफू त अगाडि बढिन् बढिन् अन्य हजारौं मानिसहरुलाई पनि यो व्यवसायमा लाग्न प्रेरित गरेकी थिइन् ।

भारतीय गाउँहरुमा च्याउ १५० देखि २ सय भारतीय रुपैयाँमा बिक्री हुन्छ । कम्पनीले विभिन्न मौसममा फरक फरक किसिमको च्याउ उत्पादन हुने गरेको छ । जसमा तयार हुन १५ देखि ४५ दिनसम्म लाग्ने च्याउ रहेका छन् ।

उत्तराखण्ड सरकारले दिव्याको यो प्रयासकालागि ‘च्याउको ब्राण्ड एम्बेसडर’ घोषणा गरेको थियो । ब्राण्ड एम्बेसडर भए पनि उनी सडकमा बसेर च्याउ बिक्री गर्ने गरेकी छिन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ