arrow

उमेर नपुग्दै आमा बन्छन् हुम्लाका किशोरी

logo
जनक बहादुर शाही,
प्रकाशित २०७५ माघ ३ बिहिबार
mahila-humla.jpg

हुम्ला । प्राय उमेर नपुग्दै आमा बन्ने गर्दछन हुम्लाका किशोरीहरु बाल विवाह गर्नु कानुन बिपरीत भएपनि यसको ब्यवास्ता गर्दै बाल विवाह गर्दै आएका छन । यस्तै बाल विवाहको शिकार हुन् पुगेकी सर्केगार्ड गाउँपालिका ३ स्थित उनापानी गाउँकी मनमति सार्की  ।  उनि उमेरले १६ वर्ष पुरा भएर १७ टेक्न थालेकी छन । तर १७ बर्ष पुग्न नपाउदै  २ सन्तानकी आमा बनिसकिन मनमती ।

१४ बर्षको उमेरमा आमा बनेकी उनिसंग अहिले ३ वर्षको छोरा र ६ महिनाकी छोरी छन् ।  मनमती मात्र होईन उनी जस्तै धेरै किशोरीहरुकै बालविवाहको चपेटामा परेका छन । पुसको पहिलो हप्ता छोरा जन्माएकी दुधकली सार्की  अहले १५ वर्षकी पुगिन् ।

सुत्केरी भएर १५ दिन गोठमै बस्नु पर्ने पुसको कठ्रङग्रीने चिसोमा ओढ्ने ओछ्याउने प्रशस्त नभएपछि २ बच्चाको स्याहार गर्न गाह्रो भएकोले सुत्केरी अबस्थामै राम्रो स्याहार नहुँदा जन्मको १३ दिनमै छोरा गुमाएकी दुधकला १३ बर्षको उमेरमा विवाह गरी १५ बर्ष पुग्न नपाउदै  २ सन्तानकी बनेकी छन । प्रजनन स्वास्थ्यमा ध्यान नभएका कारण समस्या भोग्नुपरेको उनीको भनाई छ । गर्भवती भएको अबस्थामा स्वास्थ्य संस्थामा गएर चेकजाँच गराउनुपर्छ भन्ने जानकारी समेत छैन याहाँका किशोरी हरुलाई । हामीलाई थाहा नै छैन ‘स्वास्थ्य संस्थामा  गई चेक गर्दा र त्यहीँ सुत्केरी भए भत्ता पनि पाइने रैछ’ १६ वर्षकी सुपुरी कामीले अचम्म मान्दै भनिन । सानैमा विवाह गरेका उनिहरु उमेर भन्न हिच्किच्याउँछन् । बुहारी बनेपछि घरको सबै काम आफैले गर्नुपर्छ । के गर्ने के नगर्ने केही पनि थाहा हुदैन  काम गर्न गाह्रो हुन्छ भन्छन सुपारी । यसरी उमेर नपुग्दै विवाह गर्ने यिनिहरु त जिल्लाका प्रतिनिधि पात्र मात्रै हुन् ।

हुम्लाको सर्केगार्ड गाउँपालिका २ स्थित उनापानी गाउँमा अनौठो संस्कार छ । कोही महिला गर्भवती भएको समयमै हात माग्छन त कोही जन्मी सकेपछि पोत लगाई दिन्छन ‘तपाइकी छोरी भए मेरो छोरालाई दिनुपर्छ’ वा ‘तपाइको छोरा भए मेरी छोरी दिन्छु’ भन्दै हात माग्न जाने चलन अझै छ हुम्लामा । बच्चा जन्मेको एक दुई वर्षमा छोरी मान्छेलाई सिक्काको माला, वा पोते लगाएर अब देखि मेरो भयो भन्दै बच्चा जन्मेको एक दुई वर्षमा छोरालाई बुहारीका लागि सानै हात माग्ने भन्दै पोते लगाउने पुरानो चलन अहिले पहिलाको तुलनामा घट्दै गइरहेको भए पनि निर्मुल चै हुन नसकेको सर्केगार्ड गाउँपालिका २ का स्थानीय गोइध्या फडेराले बताए ।
 
हुम्लाका अधिकांश किशोरीहरु विद्यालय जाने उमेरमै आमा बन्ने गरेका छन् । किशोरीहरु विहेपछि विद्यालय जानै छाड्ने गरेको स्थानीय सबिता थापाले  बताइन् । जनचेतनाका कमिले विवाहका लागि किशोर किशोरीहरु विद्यालयबाटै भाग्ने गरेका छन् । यो चलन जिल्ला भरी कुसंस्कारको रुपमा रहेको भएपनि बिशेष गरी बाहुन र दलित बस्तीहरुमा विद्यमान अबस्थामा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ