arrow

जब वासिङटन पोस्टमा छापियो ट्रम्पको राजीनामाको समाचार

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
trump-resign.png

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजीनामा दिएको हल्लाले अमेरिकासहतिका केही मुलुकमा खलबली मच्चिएको छ । अमेरिकाको प्रतिष्ठित समाचारपत्र द वासिङटन पोस्टको एक नक्कली संस्करण भाइरल भएको हो । सो संस्करणले अमेरिकाको गलत समाचार प्रकाशित गरेर मानिसहरुमा भ्रम पैदा गर्ने प्रयास गरेको हो । यो संस्करणको पहिलो पानामा नै अमेरिकी राष्ट्रपति डोनालड ट्रम्पले राजीनामा दिएको सामाचार प्रकाशित गरेको हो ।

रमाइलो कुरा के भने यो समाचारपत्रमा मिति २०१९ मे १ लेखिएको थियो । यो समाचारपत्र मानिसहरुलाईश निःशुल्क बाँडिएको थियो । मूल संस्करण वासिङटन पोस्टले यो नक्कली संस्करणको खण्डन गर्दै यो नक्कली रहेको र यसको कुनै पनि कुरा नलाग्न आग्रह गरेको छ । पोस्टले यो जानकारी आफूहरुलाई मिलेको र त्यसमा कुनै विश्वसनीयता नरहेको बताएको हो ।

नक्कली संस्करणको क्याप्सनमा यो वासिङटन पोस्टको विशेष संस्करण रहेको र यसलाई निःशुल्क दिइएको उल्लेख गरिएको छ । नक्कली संस्करणमा लीसा चुङको यो बाइलाइनमा लेखिएको समाचारमा ट्रमले सन् २०१९ को अप्रिल ३० मा राजीनामाको पत्र जम्मा गर्ने उल्लेख गरिएको छ । अहिलेसम्म यस विषयमा ट्रम्पले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

यसका साथै अन्य केही गलत समाचारहरु उक्त संस्करणमा छापिएका छन् । जसमा ट्रम्पका राजीनामाले भारतसहित केही देशमा खुसीयाली छाएको समाचार छ भने उपराष्ट्रपति माइक पेन्सले हजुरआमाको बाइबल छोएर शपथ लिएको समाचार पनि छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ