arrow

लेस्टरको दबदबा कायमै, टोटनह्याम र आर्सनललाई धक्का

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
lesester.jpg.jpeg

एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लेस्टर सिटी विजयी हुँदा दोस्रो र तेस्रो स्थानमा रहेका टोटनह्याम हट्सपर र आर्सनल बराबरीमा रोकिएका छन् । बराबरीसंगै यी दुवैलाई धक्का लागेको छ । वार्टफोर्डको घरेलु मैदानमा लेस्टरले १–० को जित निकाल्यो । लेस्टरलाई जिताउन रियाद माहरेजले निर्णायक गोल गरे ।

यस्तै, टोटनह्याम र आर्सनलले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् । टोटनह्यामको घरेलु मैदानमा आर्सनलका लागि आरोन राम्सी र अलेक्सिस सान्चेज र टोटनह्यामका लागि टोबी एल्डर र ह्यारी केनले गोल गरे । आर्सनलका फ्रान्सिसले ५५औं मिनेटमा दोहोरो पहेलो कार्ड खाएपछि टोली १० जनामा सिमित बन्दै दबाबमा रहयो । यस्तै, म्यान्चेस्टर सिटीले भने फराकिलो जित निकालेको छ । सिटीले घरेलु मैदानमा एस्टन भिल्लाविरुद्ध ४–० को जित निकाल्यो ।

वेष्ट ह्याम युनाइटेडले एभर्टनलाई ३–२ ले हराउँदला एएफसी बर्नमाउथले न्यूकासल युनाइटेडलाई ३–१ ले स्तब्ध बनायो । चेल्सी र स्टोक सिटी तथा साउथ ह्याम्पटन र सण्डरल्याण्ड १–१ को बराबरीमा रोकिए । स्वान्सी सिटीले नर्विच सिटीलाई १–० ले हरायो ।योसंगै शीर्ष स्थानको लेस्टरको २९ खेलबाट ६० अंक भएको छ । दोस्रो स्थानमा रहेको टोटनह्यामको समान खेलबाट ५५ अंक छ । तेस्रो स्थानको आर्सनको ५२ अंक भएको छ । चौथो स्थानमा पुगेको म्यान्सिटीको ५० अंक भएको छ ।
The Algerian kept his composure before taking aim with his left-foot shot rising beyond Heurelho Gomes and into the roof of the net 

Leicester have reopened their five-point lead at the top of the Premier League after Tottenham and Arsenal drew earlier on Saturday

N'Golo Kante returned to the starting line-up for Leicester against Watford after missing the past couple of games through injury 

Shinji Okazaki tussles for the ball with Watford's Mario Suarez in a cagey first-half as the Foxes looked to extend their lead at the top

Leicester manager Claudio Ranieri tinkered things at half-time having seen his side fail to assert their authority on proceedings

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ