arrow

चलचित्रप्रेमीका लागि "फिल्मी फुच्चे"

logo
प्रकाशित २०७५ माघ ३ बिहिबार
FILMY_FUCHE_banner.jpg

काठमाडौं ।  नेपाली चलचित्रलाई प्राथमिकता दिदै "फिल्मी फुच्चे" एप सार्वजनिक गरिएको छ ।  नेपालका सबै चलचित्रप्रेमीहरुको लागि नेपाली, हिन्दी, साउथ इन्डियन र हलिउडका चलचित्रहरुको सम्पूर्ण जानकारीको साथमा "फिल्मी फुच्चे" एप सार्वजनिक भएको छ।

सो एपमा मनोरञ्जनका सम्पूर्ण ताजा खबरहरु, प्रदर्शनमा आएका र आउने चलचित्रका सबै जानकारी, चलचित्र समिक्षा, बक्स अफिस कलेक्सन, ट्रोलहरु लगायत अन्य थुप्रै फिचरहरु समावेश गरिएको छ। नयाँ सामाग्री जस्तै "कुनै चलचित्रको ट्रेलर या गीत" सार्वजनिक भएलगत्तै एपमा अपडेट पाइनेछ।

त्यसबाहेक नेपाली चलचित्रप्रेमीहरुको विदेशी चलचित्रप्रतिको मोह महशुस गरेर सम्पूर्ण बिदेशी चलचित्रहरुलाई पनि समावेश गरिएको छ। एउटा चलचित्रप्रेमीले अब प्रदर्शनमा आउँन लागेका सबै चलचित्र सम्बन्धी जानकारी "फिल्मी फुच्चे" एपमा एकैठाउ भेट्न सकिनेछ। यदि तपाइँ चलचित्रप्रेमी हुनुहुन्छ भने "Filmy Fuche" "Fifu" तपाइको लागि हो।

"फिल्मी फुच्चे" अहिले गुगल प्ले स्टोरबाट एनड्रोईड प्रयोगकर्ताले मात्र डाउनलोड गर्न मिल्नेछ भने केहि समयमै आइफोन प्रयोगकर्ता हरुको लागि यो एप सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ