arrow

बाली विज्ञान संचालन गर्न महायज्ञ गरिने

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ माघ ३ बिहिबार
panchtar.png

पाँचथर । स्वरोजगार मूलक कृषि अन्र्तगत बाली बिज्ञान सहित कक्षा ११ र १२ संचालनर्थ पाँचथरको फिदिम नगरपालिका वडा नम्बर ४ स्थित जोरसालमा रहेको सुखबोध माविमा महायज्ञ तथा धार्मिक महोत्सव संचालन हुने भएको छ ।

 महायज्ञ मूल समारोह समितीले आज फिदिममा पत्रकार सम्मेलनको आयोजन गरी आगामी माघ २२ गतेदेखि एक हप्ता महायज्ञ संचालन गर्न लागेको जानकारी गराएको हो ।

पत्रकार सम्मेलमा बोल्दै विद्यालयका प्रअ पुष्प प्रसाद भण्डारीले विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गर्न एवम प्राविधिक धारतर्फ स्वरोजगार मूलक कृषि बाली विज्ञान सहितको कक्षा ११ र १२ संचालन तथा विद्यालयको भौतिक स्तरोन्नति गर्ने उद्धेश्यले महायज्ञ संचालन गर्न लागिएको बताए  ।

यस महायज्ञ बाट एक करोड रकम संकलन गर्ने अपेक्षा रहेको मूल समारोह समिती पाँचथरका अध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष टंकप्रसाद श्रेष्ठले बतए ।

महापुराणलाई सहयोग गरिदिन जिल्लावासी,तथा तथा देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण महानुभावहरुलाई सहयोग गरिदिन उनले आग्रह गरे। पूराणलाई सफल बनाउन विभिन्न उपसमितीहरु समेत गठन गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ