जन्तीबोकेको बस दुर्घटना, चारको घटनास्थलमै मृत्यु, २६ घाइते
प्रकाशित मिति : २०७२ फाल्गुण २३ आइतबार

बर्दिया । बर्दियामा जन्ती बोकेको बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । २६ जना घाइते भएका छन् । बर्दियाको धधवार–७ औरीजुट्टाबाट बबई नगरपालिका–१० शाहीपुर जन्ती लिएर गएको भे १ ख ८५४ नंको बस बेहुली लिएर फर्कंदै गर्दा शनिवार राति १० बजे बबई नगरपालिका–६ सैनवारको जम्ती खोला पुल नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
दुर्घटनामा धधवार–७ दुध्धाका १७ वर्षीय विष्णु थारु, १९ वर्षीय सन्तोष थारु, १९ वर्षीय निरज थारु र १४ वर्षीय अरुण थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक नेत्रमणि गिरीले बताए । बसमा सवार ३० जनामध्ये घाइते २६ जनालाई भुरीगाउँमा प्राथमिक उपचार गरी थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । ज्यान गुमाएका र घाइते भएकाहरु बसको छतमा बसेका प्रहरीले जनाएको छ । बस र बस चालक २४ वर्षीय नारायण पौडेललाई प्रहरीले पक्राउ गरेको छ । बसमा क्षमताभन्दा बढी यात्रु चढेकाले दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेहुला र बेहुली अर्को जिपमा भएकाले उनीहरु सकुशल छन् ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">