arrow

कांग्रेस महाधिवेशन: मतदान जारी, (८०० मत खस्यो) देउवा र सिटौलाले संगै भोट खसाले

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
mattadan.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको जारी १३औं महाधिवेशनको चौथो दिन आज नयाँ नेतृत्वका लागि मदान हुँदैछ । काठमाडौंको राष्ट्रिय सभागृहमा जारी निर्वाचनमा हाल सम्म अाठ सय बढी मत खसेको हाम्रा सहकर्मीले जानकारी गराएका छन् । विहान ८ बजे सुरु हुने भनिएको मतदान सवा घण्टा ढिलो गरी ९ः१५ मा सुरु भएको थियो । निर्वाचन समितिले अपरान्ह ४ बजे सम्म मतदान सकिने बताएकामा ढिलो गरी सुरु भएकाले १ घण्टा ढिलो हुन सक्ने बताइएको छ ।
 
सभापतिका उम्मेद्वार मध्य शेरबहादुर देउवाले र कृष्णप्रसाद सिटौलाले पहिलो मत हालेर संयुक्त सुभारम्भ गरे । त्यसपछि रामचन्द्र पौडेल र महामन्त्रीको उम्मेद्वारहरुले मतदान गरे । एकै पटक एक स्थानबाट चार जना मतदाताले मतदान गर्न पाउने व्यवस्था गरिएको छ । मतदानस्थलमा पाँचवटा छुट्टा छुट्टै ब्लकभित्र १ सय ३५ मतदान स्थल राखिएको छ । मतदान गर्ने कुल ३ हजार १ सय ६१ मतदाता मध्ये ३० जना मनोनित सदस्यहरुबारे जानकारी आएको छैन । अघिल्लो कार्यकालमा सुशील कोइरालाले मनोनित गरेका सदस्यहरुलाई अधिकार दिने कि नदिने भन्नेमा विवाद थियो । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ