arrow

नेपाललाई 'ल्याण्डलक' मुलुक नभन्न प्रधानमन्त्रीको आग्रह 

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
pm_oli2.JPG

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीे नेपाललाई ल्याण्ड लक मुलुक नभन्न आग्रह गरेका छन् । शुक्रबार संसदमा सांसदहरुको प्रश्नमाथि जवाफ दिँदै प्रधानमन्त्रीले लक नभई अब लिंक भईसकेकोले ल्याण्ड लिङ्क मुलुक भन्नको लागि सबैलाई आग्रह गरेका हुन् । 

शुक्रबार सांसद  कृष्णभक्त पोखरेलले यो सरकार बनेपछि के कस्ता योजनाहरु बनेका छन् र समृद्धिको लागि कसरी अघि बढ्ने योजना बनाईएको छ ? भन्ने प्रश्नको उत्तरमा उनले यस्तो बताएका हुन् । रेल विकासको विषयमा समेधिएको प्रश्नमा उनले यस्तो उत्तर दिएका हुन् । 

प्रधानमन्त्री ओलीले ल्याण्डलक्डको स्थितिलाई अब अनलक्ड वा ल्याण्डलिङ्क  भन्नुपर्नेमा समेत जोड दिएका छन् । 'दक्षिणतिरबाट पनि लक खुल्यो उत्तरतर्फबाट पनि लक खुल्यो। अब ल्याण्ड कनेक्टेड वा ल्याण्ड लक भन्ने कि ?’ प्रधामन्त्री ओलीले भने । मूलुक ठूलो परिवर्तनपछि ऐतिहासिक रुपान्तरण नेपाली समाजमा भएको भन्दै प्रधानमन्त्रीले असाधारण सफलता हासिल गरेको बताए। 

 पूर्व पश्चिम रेल सञ्चालनको स्रोत सुनिश्चित भइरहेको भन्दै उनले यसबारे कँही वार्ता चलिहरको छ, विश्व बैंक, एडिवीसँग मित्र राष्ट्र, दाताहरूसँग छलफल भइरहेको बताए।  उनले सर्भे, लागत स्टिमेट लगायतका काम भइरहेको बताए। विरजंग(काठमाडौं रेलमार्ग सरकारले ल्याउन लागेको भन्दै उनले यससम्बन्धमा भारत सरकारसँगको वार्ता निकै अगाडि बढेको प्रधानमन्त्रीले बताए। 

अब मुलुक पानी, नदीको बाटोबाट अगाडी बढ्न गइरहेको भन्दै उनले केही समयपछि नेपालले समुन्द्री बाटो प्रयोग गर्न लागेको बताए। यसबारे भर्खरै दिल्लीमा वार्ता गरेको र अब छिट्टै पोखरामा वार्ता हुने उनले बताए।चीनतर्फबाट रेल सिगात्सेसँग आइसकेको भन्दै उनले काठमाडौं(पोखरा(लुम्बिनी रेलमार्गको काम अगाडि बढ्ने बताए। यी कुराहरू त्यतिकै नभनिएको भन्दै प्रधानमन्त्रीले अब विकासका कामलाई मूर्त रूपले अगाडी बढाउने बताए।

नेपाली जनताले आफ्नै हातले संविधानसभाबाट संविधान बनाएको भन्दै उनले संविधानले वास्तवमै जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको बताए। चुनाव सम्पन्न भएर सरकारको स्थायीत्वका साथ विकासको मार्गमा अगाडि बढेको भन्दै प्रधानमन्त्रीले तिब्रताका साथ देश विकासको दिशामा अगाडी बढेको बताए। विकासका निम्ति आवश्यक जनशक्ति सबैका क्षेत्रमा अगाडी बढाएको भन्दै उनले आर्थिक हिसाबले केही सूचक पुरा गरेर मात्र अगाडि जान नसकिने बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ