arrow

सिंगापुरमा बन्दैछ संसार लोभ्याउने विमानस्थल

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
singapour-airport.jpg

काठमाडौ । विमानस्थल लामो दूरीबाट आउने पाहुनाको लागि पहिलो आकर्षण हो । त्यसैले धेरै मुलुकले आफ्नो विमानस्थल आकर्षक बनाउने प्रयास गर्छन् । जसमध्ये सिंगापुर पनि एक हो । सिंगापुरले निकै आकर्षक एक विमानस्थल बनाएको छ ।

सिंगापुरले च्वोल चांगी विमानस्थललाई स्वर्गजस्तै सिँगारेको छ । शानदार बनावट, एडभान्स प्रविधि र आश्चर्यचकित परिदृश्यको कारण यो विमानस्थल निकै सुन्दर देखिन्छ ।

सिंगापुरले बनाएको यो विमानस्थल भर्खरै निर्माण सम्पन्न भई तयार भएको हो । यो विमानस्थलमा विश्वको सबैभन्दा लामो इन्डोर झर्ना रहेको छ । यो विमानस्थलमा ९ हजार सिसाको प्यानल तयार गरिएको छ । बालबालिकाको मनोरञ्जनका लागि एडब्लू र पोकेमन थिएटरको पनि व्यवस्था गरिएको छ । यसको कन्ट्रोल टावरबाट यहाँको अद्भूत दृश्य देख्न सकिन्छ ।

अहिलेसम्म विमानस्थलको काम ७० प्रतिशत काम सकिएको छ । धेरै मानिसहरु सबै सेवा तथा सुविधाको साथमा निर्माण भइरहेको यो विमानस्थल शुरु हुने प्रतीक्षामा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ