arrow

निर्वाचनमय कांग्रेस: भोट माग्नेमा देउवा अगाडी

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
NC-election-(15).JPG.jpeg
काठमाडौं। नेपाली कांग्रेसको जारी १३औं महाधिवेशनको चौथो दिन आज नयाँ नेतृत्वका लागि मदान हुँदैछ। काठमाडौंको राष्ट्रिय सभागृहमा जारी निर्वाचनका लागि मतदाताहरु लामबद्ध छन्। विहान ८ बजे सुरु हुने भनिएको मतदान सवा घण्टा ढिलो गरी ९:१५ मा सुरु भएको थियो। निर्वाचन समितिले अपरान्ह ४ बजे सम्म मतदान सकिने बताइएकामा ढिलो गरी सुरु भएकाले १ घण्टा ढिलो हुन सक्ने बताइएको छ।
 
उम्मेद्वारहरुले मतदातालाई भेटेर मत मागिरहेका छन्। जसमा सभापतिका उम्मेद्वार शेरबाहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णा प्रसाद सिटौला मतदाता भेटघाटमा व्यस्त छन् । मतदाता आ-आफ्ना पक्षका उम्मेद्वारलाई मत हाल्न समूह समूहमा बसेर छलफल गरिरहेका छन्। 



नयाँ