arrow

हनिमून मनाउन गएको जोडीले नशाको तालमा खरिद गरे बसेकै होटल

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
hotel.jpg

काठमाडौं । जोसमा होस गुमाउन हुन्न भने भनाइ छ । जोसमा होस गुमाउँदा श्रीलंका घुम्न आएको एक जोडी बदनाम हुन पुगेका छन् ।  यो मामिला रक्सीको नशाम रहेको एक जोडीको फैसलाको हो । एक बेलायती जोडी हनिमूनका लागि श्रीलंका घुम्न आएका थिए । रक्सीको सुरमा रहेका उनीहरुले श्रीलंकाको एक होटल नै खरिद गरेका थिए ।
 
मिररको रिपोर्टसअनुसार हनिमून मनाउन श्रीलंका आएका बेलायती जोडी एक होटलमा बसेका थिए । धेरै रक्सी पिएका उनीहरुले बसेको होटल नै खरिदको योजना बनाएका थिए ।  उनीहरुलाई जुन होटलमा बसेको छ, त्यो होटलको लिज केही समयमा नै सकिँदैछ भन्ने थाहा भएसँगै होटल लिजम लिने निर्णय गरेका थिए । जसका लागि उनीहरुले व्यावसायिक योजना पनि बनाएका थिए ।

उनीहरुले होटल मालिकलाई बदलामा ३० हजार पाउण्डको अफर गरेका थिए र मालिकले पनि स्वीकार गरेका थिए ।  जसमा पहिलो वर्षको लागि १५ हजार पाउण्ड र दोस्रो वर्षको लागि १५ हजार पाउण्ड दिने सम्झौता भएको थियो ।
 
उक्त जोडीका अनुसार पछि बेलायत पुगेपछि घरपरिवारका सबै सदस्यले उक्त होटल खरिद गर्नु मूर्खता रहेको बताएका थिए । यद्यपि उनीहरुले आफ्नो निर्णय भने बदलेनन् । आधिकारिक रुपबाट उनीहरु गत जुलाईबाट उक्त होटलको मालिका बनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ