arrow

वृन्दावनको निधिवनमा राती जान किन मनाही छ ?

logo
प्रकाशित २०७५ माघ ४ शुक्रबार
Vrajavasi-krsna-gopis.jpg

काठमाडौं । भारतको धार्मिक नगरी वृन्दावनको सबैभन्दा पवित्र स्थलमध्येको एक हो । यो सहरमा सबैभन्दा पवित्र स्थल मानिने निधिवन पनि यहाँ रहेको छ । यो वनमा अहिले पनि मध्यरातमा भगवान् श्रीकृष्ण र उनकी प्रियसी राधा रासलीला गर्न आउने विश्वास गरिन्छ । रासलीलापछि निधिवन परिसरमा रहेको रंग मलहमा उनीहरु शयन गर्छन् । अहिले पनि यो महलमा प्रतिदिन प्रसाद राखिन्छ । यतिमात्र होइन की यो वनको आसपासका घरहरुमा झ्याल पनि छैन ।

रंग महलमा बिहान खाट हेर्दा राति कोही आएको र प्रसाद पनि खाएको जस्तो देखिने गरेको बताइन्छ । रातमा हुने श्रीकृष्णको रासलीला हेर्ने व्यक्ति अन्धो, अपाङ्ग, मानसिक सन्तुलन गुमाउनेलगायतका समस्याबाट ग्रसित हुने हुनाले रात ८ बजेपछि यहाँका पशुपक्षी, बाँदर, भक्त, पुजारी सबै यहाँबाट बाहिर निस्किन्छन् र मुख्य ढोकामा ताला लगाइन्छ ।

निधिवनमा १६ हजार विरुवाहरु रहेका छन् । यहाँ राती १६ हजार रानीसँग श्रीकृष्ण रासलीला रच्ने गरेको निधिवन दर्शनका गाइड बताउँछन् । बिहान ५:३० बजे रंग महलको ढोका खोल्दा राती कोही आएर बसेको जस्तो गरी सामान बिग्रेको पाइने गरेको उनीहरु बताउँछन् ।

वास्तुशास्त्रीहरु भने वास्तवमा निधिवनको वास्तु नै त्यस्तै किसिमको रहेकोले केही रहस्यमयजस्तो लाग्ने गरेको बताउँछन् । उनीहरुका अनुसार त्यहाँका गाइड र पुजारीहरु यसको फाइदा उठाउँदै भ्रम छरिरहेको आरोप लगाएका छन् । उनीहरुका अनुसार उक्त वनमा १६ हजार विरुवा हुन नसक्ने र मुस्किलले १६ सय हुन पनि गाह्रो छ ।

उक्त विरुवाहरु निकै सानो आकारको हुने हुनाले त्यहाँ बस्न नमिल्ने भएकाले बाँदरहरु रात परेपछि बाहिर निस्किने गरेको उनीहरुको भनाइ छ ।  नैऋत्य कोणमा रहेको ठूलो कुण्डको कारण राती कोही आएर बसेको जस्तो भ्रम पैदा हुने गरेको उनीहरुको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ