arrow

'धूमपानले छिटै निम्त्याउँछ बूढ्यौली'

logo
एजेन्सी
प्रकाशित २०७५ माघ ५ शनिबार
smoking.jpg

काठमाडौं । धूमपानले छिटै नै बूढ्यौली लाग्ने एक अध्ययनले देखाएको छ । एक अध्ययनले अनुसार मानिसलाई धूमपानले २० वर्ष छिटै नै बूढ्यौली सुरु हुने देखाएको हो । 

वैज्ञानिकहरुले सार्वजनिक गरेको प्रतिवेदनमा धूमपानको नोक्सानीबारे १ लाख ४९ हजार वयस्क मानिसहरुको रगत परीक्षण गरिएको थियो । 

यो परीक्षणको क्रममा धूमपान गर्ने युवाको उमेर धूमपान नगर्ने मानिसहरुको दोब्बर उमेरबराबर हुन्छ । धूमपान नगर्ने मानिसहरुको उमेर भने उनीहरुको साबिकबराबरकै रहेको पाइएको थियो । 

३० भन्दा कम उमेर भएका १० मध्ये ७ धूमपान गर्ने मानिसहरुको जैविक उमेर ३१ देखि ४० को बीचमा पाइएको थियो ।  जबकी ६२ प्रतिशत धूमपान नगर्ने मानिसको उमेर साबिकबराबरकै पाइएको थियो । अध्ययनमा ४९ हजार धूमपान गर्ने मानिसहरु समावेश थिए । उनीहरुको औसत देखिने उमेर ५३ रहेको पाइएको थियो । 

यो अध्ययनका प्रमुख अधिकारी पोलिना मौमोशिनाले धूमपान गर्ने मानिसहरु अकालमा मर्ने कारण यो पनि रहेको बताइन् । अध्ययनमा धूमपानको असर यसअघि सोचिएको भन्दा पनि खतरानक हुने गरेको पाइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ