arrow

आइसीसीलाई राखेपको पत्र, ‘शंका भए पूर्वाधार हेर्न आउनुस्’

‘सर्वोच्चमा १२ पटक पेशी चढ्यो’

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
ICC-and-CAN.jpeg.jpeg
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापन विवादले नामिवियासंगको खेल अन्योलमा परेको छ । क्यानको कार्यसमिति विवादबारे सर्वोच्च अदालतमा मुद्धा चलिरहेकाले खेलबारे अन्योल सिर्जना भएको हो । अदालतको पेशी १२औं पटक सरेको छ । फैसला ढिलाईले खेल अन्योलता बढेको हो । ११औं पटक पछि आइतबारलाई सरेको पेशी फेरि स्थगित भएको छ । अदालतले अबको पेशी मंगलबारलाई तोके पनि मंगलबार, बुधबार र विहिबार लगातार सार्वजनिक विदा परेकाले अर्को आइतबार मात्रै छलफलको तयारी हुने बुझिएको छ ।
क्यानको निर्वाचित समिति विघटनपछी कार्यसमिति विवाद रहँदै आएको छ । अहिले एउटै संस्थामा दुई कार्यसमिति भएपछि लफडा भएको हो ।
 
जसले वैशाखमा घरेलु मैदानमा हुने भनेको विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल संकटमा परेको छ । क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले खेलबारे शंका गर्दै नेपालमै हुनुपर्ने खेल भारतमा हुने जनाउ दिएको चर्चा समेत चलेको छ । जसले नेपाली क्रकेट क्षेत्र आलोचित बनेको छ । केही दिन अघि मात्रै नेपाली क्रिकेट समर्थकहरुले नेपालमा हुनु पर्ने खेल भारतमा हुन लागेको भन्दै विरोध गरेका थिए । ।
 
घरेलु मैदानमा हुने खेल भारतमा हुने चर्चा चलेपछि राष्ट्रिय खेलकुद परिषद्ले शुक्रबार आसीसीलाई पत्राचार गरेको छ । रापेख सदस्य सचिव केशव कुमार विष्टका अनुसार खेलको तयारी र व्यवस्थापनबारे कुनै चिन्ता नलिन भन्दै पत्राचार गरिएको छ ।  विष्टले भने, ‘पूर्वाधारबारे विश्वस्थ हुन, अदालतको झमेला टुंगिन्छ र खेलाडी छनोट समयमै हुन्छ भनेर पत्राचार गरेको छु ।’ विष्टले खेलाडी छनोट भइरहेको र पूर्वाधारको काम १०–१५ दिनमै सकिनेस जानकारी दिएका छन् । पूर्वाधार हेर्न आउनुस् भनेका छौं, विष्टले थपे, ‘कुनै कमजोरी भए हेर्न आउनका लागि अनुरोध गरेका छौं ।’ यद्यपि, क्यानको निर्वाचित समितिका महासचिव अशोकनाथ प्याकुर्‍याल खेल संकटमै रहेको बताउँछन् । 
 
चिन्ताको विषय, मुद्दाको विकल्प के ? 
सदस्य सचिव विष्टले मुद्दाको विषय टुंगिने र नभए विकल्प निकाल्न सकिने जानकारी दिएका छन् । क्रिकेटको भविष्यप्रति आफुहरु गम्भीर रहेकाले समस्या नहुने विष्टको भनाई छ । यद्यपि, चतुरबहादुर चन्द पक्ष भने राखेपले तदर्थ समिति गठन गरेर समस्या निम्त्याएको र राखेप रबैयाले समस्या समाधान नहुने बताउँदै आएको छ । क्यानको कार्यसमिति विवादले वैशाख २ र ४ गते नामिवियासंग कीर्तिपुर मैदानमा हुनु पर्ने विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल संकटमा छ । 
 
गएको पुस १ गते वुधबार राजधानीको कमलादीस्थित होटल राज घरानामा चतुरबहादुर चन्दको नेतृत्वमा क्यानको निर्वाचित कमिटी गठन भएपछि राखेपले विधि मिचेर गरेको निर्वाचन अवैधानिक भन्दै मान्यता नदिई पुस १८ गते रमेश सिलवालको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । राखेपको सोही कदमविरुद्ध चतुरबहादुर चन्दनेतृत्वको निर्वाचित कमिटीले सर्वोच्च अदालनमा मुद्दा दर्ता गरेको छ । विचाराधिन मुद्धाको पेशी चढेको चढ्यै छ । फैसला अनिश्चित बनेको छ ।
 
आइसीसीले सन् २०१५ देखि २०१७ सम्म सन्चालन हुने च्याम्पियनसिपका ७ खेल मध्ये नेपालले तीन राष्ट्रविरुद्धका ६ खेल घरेलु मैदानमै खेल्न पाउने व्यवस्था गरेकामा त्यसो हुन सकेको छैन ।यसअघि, कीर्तिपुर मैदानको स्तरोन्नति गर्न नसकेको र सुरक्षाको व्यवस्था गर्न नसकेकाले गएको नोभेम्बरमा पपुवा न्युगिनीविरुद्धको खेल यूएईमा भएको थियो । फेरिपनि व्यवस्थापनको कमजोरी देखाउँदै आसीसीले खेल अन्तै सार्ने जनाउ दिएपछि नेपाली क्रिकेटमा बहस सुरु भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ