arrow

काँग्रेस मतदानमा सुरक्षाकर्मीको कडाइ

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
policees.jpeg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसको १३औँ महाधिवेशन अन्तर्गत विहान  ९:१५ मा सुरु भएको मतदानका लागि राष्ट्रिय सभा गृहको सुरक्षा कडा बनाइएको छ । सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि बन्द सत्रमा भन्दा बढी सुरक्षाकर्मी मतदानमा खटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सुरक्षा व्यवस्थालाई सुदृढ बनाउन भृकुटीमण्डप क्षेत्रमा सवारी साधन पार्किङ गर्न निषेध गरिएको महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले बताए । 
 
मतदानका लागि सभागृहभित्र र वरिपरिको परिसरमा ४५० सुरक्षाकर्मी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक रेवती ढकालले जानए । 
 
मतदान साँझ ५ बजेसम्म जारी रहने काँग्रेस निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । पदाधिकारीसहित ६४ पदका लागि ३१२ प्रतिस्पर्धी चुनावी मैदानमा उत्रिएका छन् । तीन हजार १६१ महाधिवेशन प्रतिनिधिले नयाँ नेतृत्वका लागि मतदान गरिरहेका छन् । 



नयाँ