arrow

रणबीर कपूरलाई दिइएको सुझावमा दीपिका पतिले दिए यस्तो जवाफ

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
ranbir.jpg

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह र रणबीर कपूर प्रतिभाशाली अभिनेता हुन्। दुबैले साथै भने गरेका छैनन् , तर फ्यानहरू उनिहरुलाईसँगै देख्न पाउने आशमा बसेका छन् । हालै रणबीर कपूरलाई  रिलेशनसिप एइभाइस दिन आग्रह गरिएको छ जसमा दीपिका पतिले रणवीरले रोचक जवाफ दिएका छन्।

एक च्याट शो कार्यक्रममा रणवीरलाई रणबीर कपूरको सम्बन्धमा सल्लाह दिन अनुरोध गरिएको थियो, रणवीरले सिधा  जवाफ दिदै भने, 'रणबीर एक वयस्क हन् र आफ्नै निर्णय लिन सक्दछन्। तिनलाई कुनै सल्लाह दिनु पर्दैन।'

मिडिया रिपोर्ट अनुसार, विवाहपछि दीपिका रणवीरसँग नभइ रणवीर पत्नी दीपिकासँग उनको घर प्रभादेवी अपार्टमेन्टमा बसेका  हुन्। एक साक्षात्कारमा, रणवीरले भने, "म विवाहलाई एक यस्तो कन्सेप्टले हेर्छु जहाँ सधै सम्बन्धलाई निभाउन उद्दत होस् । विवाह एक प्रतिबद्धता हो र त्यहाँबाट निकासको कुनै विकल्प छैन। त्यसैले तपाईलाई पूरा गर्नको लागि जे गर्नुपर्छ  त्यो गर्नुहोस् । '

रणवीर भन्छिन्, 'मेरो लागि दीपिकाले सजाएको घरमा सिफ्ट हुन सजिलो थियो । उनि आफ्नो घरमा एकदम सजिलो महसुस गर्छिन् र म उनलाई त्यहाँबाट हटाउन चाहन्न थिए । म सधैं उनलाई प्राथमिकता दिन चाहन्छु। "

दीपिका उक्त घरमा लामो समयदेखि बस्दै आएकी छिन् । यद्यपि, रणवीर र दीपिका आफ्नो लागि एक घरको खोजिमा रहेका छन् ।  विवाहपछि दीपिका र रणवीर आफ्नो जीवनबारे लगातार नयाँ कुराहरूको खुलासा गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ