arrow

आलियालाई सिंह कि कपूर ?

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
ranbir-deepika-aliya.jpg

काठमाडौं । बलिउड अभिनेता रणवीर सिंहको आउदो चलचित्र  'गल्लि ब्वाइज' मा रणवीर सिंहकी प्रमीका आलिया भट्ट देखिने भएका छन् । रणवीर सिंह र आलिया भट्ट स्टारर  चलचित्रको ट्रेलर पनि सार्वजनीक भइसकेको छ । चलचित्र निर्देशन जोया अख्तरले गरेका छन् ।  फरहान अख्तर, र‍ितेश सिधवानी, एक्सल एन्टरटेनमेन्ट ब्यानरमा चलचित्र निर्माण भएको हो ।  'गल्लि ब्वाइज'  २०१९ मा रणवीर र आलिया को पहिलो चलचित्र हो ।  चलचित्र  भ्यालेनटाइम डेमा रिलिज हुनेछ ।

साथै दीपिका पादुकोणले पनि विवाहपछि नयाँ प्रोजेक्ट साइन गरेकी छन् । सो चलचित्रमा उनि पूर्वप्रेमी रणबीर कपूरसँग देखिनेछिन् । दीपिका पाले हालै रणवीर सिंहसँग विवाह गरेकि छन् । आफ्नो अभिनयले दर्शकको मन जित्न सफल दीपिका र रणवीर  विवाहपछि भने एकै चलचित्रमा देखिएका छैनन् ।

 रणबीर कपूर र दीपिका चाँडै  निर्देशक प्रेम रंजनको चलचित्रमा देखिदैछन् । चलचित्रमा रणबीर कपूर र अजय देवगन लीड रोलमा  रहेका छन् । दीपिका महिला लीड रोलमा रहने छिन्।

रणबीर कपूर र दीपिका लीड रोलमा इम्तियाज अलीको चलचित्र 'तमाशा' मा देखिएका थिए । साथै चलचित्रले धेरै मानिसलाई आकर्षित गरेको थियो । चलचित्र सो समय सबैभन्दा मनपर्ने फिलिमहरु मध्ये एक थियो। 'तमाशा' भन्दा पहिले दुवैले अयान मुखर्जीको चलचित्र 'यो जवानी हे देवदेवी' मा देखिएका थिए ।  चलचित्रलाई दर्शकहरूलाई धेरै माया प्रेम पनि दिए। रणबीर र दीपिकाको अन्तरिक र बाह्य कारणका बिच दर्शकहरूले चलचित्रलाई मन पराए।

रणबीर कपूर र दीपिका पादुकोणको ब्रेकअपपछि प्रशंसले यो जोडिलाई एकसाथ देख्ने आशा छोडेका थिए । यो जोडा लामो समयदेखि कुनै पनि फिल्ममा देखिएनन् । अब  दीपिका र रणबीरका प्रशंसकहरू निकै उत्साहित छन्। निर्देशक प्रेम रंजनको यो चलचित्रको सुटिङ २०१९ को जुनबाट सुरु हुने बताइएको छ । तबसम्म दीपिका मेघना गुलजारको आगामी चलचित्रको  छपाकको सुटिङ समाप्त गर्नेछिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ