arrow

छात्रले तोडे अक्सफोर्ड विश्वविद्यालयको सयवर्ष पुरानो परम्परा

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
oxford.jpg

काठमाडौं । विश्वको धेरै स्थानहरु पुरुष प्रधान छन् । केही मलुकहरु बिस्तारै लैङ्गिक समानतातर्फ अघि बढेका छन् भने केही मुलुकमा समानताको लागि प्रयास भइरहेका छन् । यस्तोमा विश्वकै प्रख्यात अक्सफोर्ड विश्वविद्यालयमा भने पछिल्लो एकसय वर्षदेखि पुरुषहरु एक अधिकारबाट बञ्चित रहँदै आएका थिए ।

अक्सफोर्ड विश्वविद्यालयमा गत सय वर्षदेखि चलिआएको एक परम्परा अब समाप्त भएको छ । यो विश्वविद्यालयको फाइन आर्टस्को क्षेत्रमा महिलालाई मात्र छात्रावृति दिइदै आएको थियो । विद्यार्थीहरुले यो नियम लिङ्गभेदी रहेको भन्दै विरोध गरेका थिए । छात्रहरुले गरेको मागसँगै प्रशासनले उनीहरुको माग स्वीकार गरेको छ ।

अक्सफोर्ड विश्वविद्यालयको प्रशासनले छात्रहरुलाई छात्रवृति नदिँदा रोजगार समानताको नियम उल्लंघन भइरहेको भन्दै परम्परा सच्याउने निर्णय गरेकोहो । नयाँ नियम जनवरी १० देखि लागू भएको छ ।  

यो फैसलाको विश्वविद्यालयका अधिकारीहरुले स्वागत गरेका छन् । यद्यपि यो छात्रावृतिमा अध्ययन गरेका केही महिलाले भने यो कुनै महान फैसला भने नरहेको बताएका छन् । उनीहरुले अझै पनि महिलाको पक्षमा धेरै गर्न बाँकी रहेको बताएका छन् । लैङ्गिक समानताको लागि विश्वविद्यालयले शिक्षकको भर्ती तथा उनीहरुको कल्याणको लागि नयाँ कार्यक्रमको शुरुआत पनि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ