arrow

भिक्टोरिया प्रयोग गर्छिन् आफ्नो रगतबाट बनेको क्रिम

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
david-victoria.jpg

काठमाडौं । अहिलेसम्म तपाइँले विभिन्न किसिमका क्रिमको बारेमा सुन्नुभएको होला । छालाको लागि मोइस्टराइजर लगाउनु निकै जरुरी हुन्छ तर बजारमा निकै महँगा सौन्दर्य सामग्रीहरु आउन शुरु गरेका छन् । केही सौन्दर्य सामग्रीमा भने सुन र हीरासम्मको प्रयोग हुने गरेको छ । यद्यपि यी अन्तर्राष्ट्रिय सेलिब्रेटी तथा फेसन डिजाइनरको जस्तो क्रिमको प्रयोग सायदै कसैले गर्नसक्छन् ।

सबैभन्दा महँगी फेसन डिजाइनर तथा पूर्वफुटबलर डेभिड बेकह्यामकी पत्नी भिक्टोरिया बेकह्याम आफ्नो रगतबाट बनेको क्रिमको प्रयोग गर्छिन् । हालसालै उनले यसबारे इन्स्टाग्रामको माध्यमबाट उनले  जानकारी दिएकी छिन् । ४४ वर्षीय फेसन डिजाइनरले प्रयोग गर्ने क्रिमको मूल्य १२०० पाउण्ड अर्थात् करिब १ लाख ७५ हजार पर्छ । उनले सामाजिक सञ्जालमा आफ्नो रगतबाट बनेको यो उत्पादन आफूलाई निकै मनपर्ने बताएकी छिन् ।

विक्टोरियाले आफ्नो क्रिमको बोतलको पहिलो रेन्जको अपेलोड गर्दै यो साता यी उत्पादनहरुको प्रयोग गर्ने जानकारी दिएकी हुन् । उनले आफू सुत्ने बेलामा पनि मास्क लगाएर सुत्ने गरेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ