arrow

शितल क्लवद्वारा विद्यार्थीलाई निः शुल्क पोशाक हस्तान्तरण

logo
कौरव खत्री,
प्रकाशित २०७५ माघ ६ आइतबार
school-posak.jpg

गुल्मी । बाग्लुङ्गको शितल क्लवले २ बाल शिक्षा र एक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण गरेको छ । आइतबार बडिगाड गाँउपालिका २ राक्सेजिमीमा रहेको शितल क्लवले सोही वडाका राक्सेमा रहेका बालकल्याण र शिवालय  गरि २ बालविकास केन्द्र र भगवति प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालवालिकाहरुको लागि निःशुल्क रुपमा एक सेट ट्याकशुट पोशाक हस्तान्तरण गरिएको शितल क्लवका अध्यक्ष फाराम थापाले जानकारी दिए ।

प्राथमिक विद्यालय र बाल विकास केन्द्र गरि क्लवले ७६ जना बालवालिकाहरुलाई   ट्याकसुट पोशाक वितरण गरिएको हो ।बालवालिकाहरुले नयाँ पोशाक पाएपछि बालबालिकाहरु निकै खुशी भएका थिए । ‘समाज रुपान्तरणमा हाम्रो अभियान’ भन्ने मुल नारा सहित स्थापना भएको क्लवले समाज सुधारका  हरेक गतिविधिहरुमा सहयोग गदै आइरहेको छ ।

पोशाक वितरण कार्यक्रम शिक्षापे्रमी शिलास थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा क्लवका बरिष्ठ उपाध्यक्ष देब थापा, विद्यालय व्यवस्थापन समिति संयोजक रघुनन्द गिरी, विद्यालय व्यवस्थापन समिति सदस्य दोण बन, बरिष्ठ समाजसेवी हुसियारसिंह थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम शितल क्लवका अध्यक्ष फाराम थापाको अध्यक्षता तथा  विद्यालयकी शिक्षिका शोभा थापाको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक शिवलाल बनले गरेका थिए ।

उक्क्त पोशाक हस्तान्तरण कार्यक्रममा क्लवका पदाधिकारी,विद्यालयका व्यवस्थापन समितिका पदाधिकारी,अभिभावक,शिक्षाप्रेमी समाजसेवी लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ