arrow

मुख्यमन्त्रीले नै भने - सङ्घीयता गिराउने षड्यन्त्र भइरहेको छ

logo
प्रकाशित २०७५ माघ ६ आइतबार
sherdhan-rai-1.jpg

इलाम ।  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका तीन तहका सरकार गिराउन अनेक षड्यन्त्र र दाउपेच भइरहेको टिप्पणी गरेका छन् ।

आइतबार इलामको सूर्योदय नगरपालिकालाई पर्यटकीय नगर घोषणा गर्दै मुख्यमन्त्री राईले सङ्घीयता गिराउन विभिन्न पक्षबाट अनेक दाउपेच भइरहेको बताए । “हामी सङ्घीयताको नयाँ अभ्यासमा छौँ । त्यही भएर हामी आफ्नो बाटो आफैँ बनाउँदै छौँ”, राईले भने, “हामी नयाँ ढाँचामा काम गरेकाले केही समस्या आएको हो ।”

उनले सङ्घीयता विफल हुन कुनै पनि हालतमा नदिने विचार व्यक्त गरेका छन्  । सङ्घीयताका कारण मात्रै समृद्धि घोषणा गर्न सकिने भएकाले यस्तो नयाँ संरचना अपनाइएकोसमेत जानकारी दिए ।

फरक प्रसङ्गमा मुख्यमन्त्री राईले प्रदेश नं १ लाई आत्मनिर्भर बनाउने अभियानमा रहेको बताएका छन् । उनले प्रदेशका पूर्वाधारलाई परिचालित गरेर प्रदेशमा सबै क्षेत्रमा आत्मनिर्भर बनाउने अभियान लागेको बताए । उनले प्रदेशले बजेटमात्र छुट्याएर नभई प्रविधितर्फउन्मुख भएर प्रदेशलाई नमूना बनाउने अभियानमा लागेको जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ