काठमाडौं । महाशिवरात्री तथा सेना दिवस २०७२ को अवसर पारेर नेपाली सेनाले छाउनी स्थित सैनिक “वीर स्मारक” मा आइतबार विहान राष्ट्रिय एकता र रक्षाको लागि आहुती दिने वीरहरुलाई सम्झिएको छ । प्रधान सेनापति एवं महारथी राजेन्द्र क्षत्रीले नेपाल र नेपालीको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र रक्षाको लागि आप्mनो जीवनको आहुती दिने वीर वीरङ्गनाहरुप्रति फुलमालासहित श्रद्धाञ्जली अर्पण गरे ।
सोही अवसरमा नेपाली सेनाको एक टुकडीले वीरहरुप्रति सम्मान गारत अपर्ण गरेको थियो । कार्यक्रममा कार्यक्रममा पूर्व प्रधान सेनापतिहरु, बहालवाला तथा अवकाश प्राप्त रथी, सेनानी समूह, अवकाश प्राप्त अधिकृत, पदिक तथा अन्यदर्जाका अधिकारीहरु र वीरगति प्राप्त गर्ने सैनिकका आफन्तहरु उल्लेख्य मात्रामा उपस्थित थिए ।