काँग्रेसको प्रतिनिधि सभा बैठकमा पनि विरोध, संसद चल्न नदिने

प्रकाशित मिति : २०७५ माघ ७ सोमबार

काठमाडौं। नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा पनि विरोध नजाएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै प्रतिनिधि सभाका काँग्रेस सांसद्हरुले उठेर विरोध गरेका थिए।

विरोधपछि सभामुख कृष्णबहादुर महराले काँग्रेसका एक प्रतिनिधिलाई बोल्ने समय दिएपछि काँग्रेसका संसदीय दलका उपनेता विजय कुमार गच्छदारले सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थालाई स्वीकृति नदिएकोमा विरोध जनाएका छन्। 

संसदमा बोल्दै नेता गच्छदारले ११ वटा प्रस्ताव मध्ये १० नम्बर र ११ नम्बरको प्रस्ताव पारित नभएकोजनाएकोमा आपत्ति जनाएका हुन् । १० औं नम्बरको प्रस्तावमा जीपी कोइराला र ११ औं नम्बरमा सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थाको बारेमा कुनैपनि निर्णय नभएकोमा काँग्रेसको घोर आपत्ति रहेको बताएका छन्। 

उनले २०४० सालदेखि नै गठन आदेशमार्फत् पटक पटक यस्ता स्वास्थ्य संस्थाहरुलाई स्वीकृति दिएको स्मरण समेत गराएका छन् । उनले २०४९ सालदेखि पनि ९ वटा प्रस्तावमाथि निर्णय भएको उल्लेख गरेका छन्। ती प्रस्तावहरुमध्ये २ वटा प्रस्ताव बाहेक अरु सबै प्रस्ताव स्वीकृति भएको समेत स्मरण गराएका छन्। उनले देशका धेरै शहीदहरुको नाममा खुलेका स्वास्थ्य संस्थाहरुलाई स्वीकृति दिएको भन्दै उनले पछिल्लो समय २०६८ सालमा पनि यस्तो प्रस्ताव स्वीकृत गरेको स्मरण समेत गराएका छन्।

नयाँ