arrow

विद्यार्थी पढाउने अभिभावकलाई फलफूलका बिरुवा

logo
प्रकाशित २०७५ माघ ७ सोमबार
saplings-to-be-planted.jpg

बेत्रावती ।,नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित घ्याङ्फेदी माध्यामिक विद्यालयले अभिभावकको आर्थिकअवस्था मजबुत बनाउन फलफूलका विरुवा वितरण गरेको छ ।

जनजाती र दलित समुदायको मात्र बासोवास रहेको यहाँका बासिन्दाले आर्थिक अभावका कारण बालबालिकालाई विद्यालय पठाउन नसकेकाले उनीहरूको आर्थिक उपार्जनमा सहयोग पुर्‍याउन फलफूलका बिरुवा निःशुल्क उपलब्ध गराइएको विद्यालयका सहायक प्रधानाध्यापक प्रेम स्याङताङले जानकारी दिए ।

उनका अनुुसार विद्यालयमा अध्ययनरत ३०५ विद्यार्थीका लागि प्रतिविद्यार्थीका अभिभावकलाई दुईवटा बिरुवा उपलब्ध गराइएको छ । उनीहरूलाई किबी, हलुवाबेद, अङ्गुर र आलुपखडाका विरुवा वितरण गरिएको हो ।

जिल्लामा भौगोलिक रुपमा विकट, उच्चस्थानमा कृषि उब्जनी प्रर्याप्त नहुँदा गरिवीमा रहेका अभिभावकले बालबालिका विद्यालय पठाउन छाडेकाले उनीहरुको आर्थिकस्थिति मजबुत बनाउन बिरुवा उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष अञ्जु आचार्यले जानकारी दिए।

“घ्याङ्फेदीको सिङ्गो १ नं वडामा रहेको एक मात्र उक्त विद्यालययले यो वर्षदेखि कक्षा ९ सम्म अध्यापन शुरु गरेको छ । यसअघि यहाँका विद्यार्थीले कक्षा आठभन्दा माथि अध्ययन गर्न गाउँबाट टाढा जान नसेकाले धेरैले पढाइ छाड्दै आएका थिए ।

गाउँपाललिकाले गाउँमा नै माथिल्लो तहसम्मको अध्ययनका लागि आफ्ना बालबालिका विद्यालय पठाउने अभिभावकलाई जीविकोपार्जनमा सहयोग पुर्‍याउने नीति अवलम्बन गरेपछि भर्ना भएका विद्यार्थी नियमित विद्यालय आउन थालेका छन् । उक्त गाउँपालिकाले आधार डेभलमेन्ट नेपाल नामक संस्थासँगको सहकार्यमा सो कार्यक्रम अघि सारेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ