काँग्रेसको विरोध पछि राष्ट्रिय सभा बैठक एक साता धकेलियो
प्रकाशित २०७५ माघ ७ सोमबार
692
Shares
काठमाडौं । नेपाली काँग्रेसले दोस्रो पटक बोलाईएको संसद् बैठकमा पनि अवरोध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो माग पूरा नभएसम्म संसद् चल्न नदिने रणनीति अनुरुप दोस्रो पटक पनि बैठक अवरुद्ध गरेको हो । काँग्रेसको अवरोध पछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सोमबारका सबै कार्यसूचीहरु स्थगित गर्दै आगामी बैठक अर्काे सोमबार अर्थात् माघ १४ गतेसम्मको लागि स्थगित गरेका हुन् ।
सोमबार राष्ट्रि सभाको पहिलो बैठक सुरु हुनेवित्तिकै नेपाली काँग्रेसका सांसद्हरुले उठेर विरोध जनाएका थिए भने दोस्रो बैठकमा पनि काँग्रेसले उठेर विरोध जनाएका हुन्। सांसदहरुलाई राष्ट्रिय सभा अध्यक्ष तिममल्सिनाले पटक पटक बस्न आग्रह गरेपनि उनीहरुको विरोध नरोकिएपछि काँग्रेस सांसद् सरिता प्रसाईँलाई बोल्नको लागि समय दिईएको थियो। प्रसाईँले आफ्नो ४ मिनेटको भाषणमा सरकारले प्रतिपक्षलाई कमजोर सम्झिएको र आफू देशको सदाबहार सत्तामा आउने पार्टी जस्तो सम्झिएको आरोप उनले लगाएकी छिन्।
काँग्रेसले संसद अवरुद्ध गर्नुको मूल कारण केही दिन अघि मन्त्रिपरिषदमा पठाईएको विभिन्न ११ वटा स्वास्थ्य संस्थाहरुमध्ये ९ वटा स्वास्थ्य संस्थाको अनुमती स्वीकृति गरेको तर, काँग्रेसका सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थाहरुलाई अनुमतीको स्वीकृति नदिएको भन्ने छ।
संसदमा विरोध गरिनुको कारण बारे बोल्दै नेतृ प्रसाईँले सरकारको विकासका काममा असहयोग नहोस् भनेर काँग्रेसले कम आलोचना र विरोध गरिरहेको बताउँदै त्यसलाई सत्ता पक्षले कमजोरीको रुपमा लिएको आरोप लगाईन्। उनले सत्तापक्षको यस्तै रबैया चलिरहे आफूहरु सडक आन्दोलनमा जान समेत तयार रहेको चेतावनी समेत दिएकी छिन्।
उनले देशमा दण्डहीनता बढेको, बलात्कारका घटना बढेको र विकासको काममा गति दिन नसकेको सरकार बरु प्रतिपक्षलाई कमजोर सोचेमा सरकारलाई नै यसले नोक्सन हुने चेतावनी समेत दिइन्। सांसद् प्रसाईले ५ वर्षको म्याण्डेड लिएर आएको यो सरकारले काँग्रेस नेताहरुको नाम काट्ने हो भने ५ वर्षपछि काँग्रेसको सरकार बनेपछि के काँग्रेसले पनि मनमोहन अधिकारीको नाममा खुलेका संस्थाहरु काट्दै हिँड्ने भन्दै प्रतिप्रश्न गरिन्।
उनले काँग्रेस नेतृत्वको सरकारको पालामा यस्तो चरित्र नदेखाएको र नदेखाउने चेतावनी समेत दिइन्। बैठक सुरु हुनेवित्तिकै नेपाली काँग्रेसका सांसद्हरुले उठेर विरोध जनाए। सांसदहरुलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिममल्सिनाले पटक पटक बस्न आग्रह गरेपनि उनीहरुको विरोध नरोकिएपछि काँग्रेस सांसद् सरिता प्रसाईँलाई बोल्नको लागि समय दिईएको थियो। प्रसाईँले आफ्नो ४ मिनेटको भाषणमा सरकारले प्रतिपक्षलाई कमजोर सम्झिएको र आफू देशको सदाबहार सत्तामा आउने पार्टी जस्तो सम्झिएको आरोप उनले लगाएकी छिन्।
काँग्रेसले संसद अवरुद्ध गर्नुको मूल कारण केही दिन अघि मन्त्रिपरिषदमा पठाईएको विभिन्न ११ वटा स्वास्थ्य संस्थाहरुमध्ये ९ वटा स्वास्थ्य संस्थाको अनुमती स्वीकृति गरेको तर, काँग्रेसका सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थाहरुलाई अनुमतीको स्वीकृति नदिएको भन्ने छ।
संसदमा विरोध गरिनुको कारण बारे बोल्दै नेतृ प्रसाईँले सरकारको विकासका काममा असहयोग नहोस् भनेर काँग्रेसले कम आलोचना र विरोध गरिरहेको बताउँदै त्यसलाई सत्ता पक्षले कमजोरीको रुपमा लिएको आरोप लगाईन्। उनले सत्तापक्षको यस्तै रबैया चलिरहे आफूहरु सडक आन्दोलनमा जान समेत तयार रहेको चेतावनी समेत दिएकी छिन्।
उनले देशमा दण्डहीनता बढेको, बलात्कारका घटना बढेको र विकासको काममा गति दिन नसकेको सरकार बरु प्रतिपक्षलाई कमजोर सोचेमा सरकारलाई नै यसले नोक्सन हुने चेतावनी समेत दिइन्। सांसद् प्रसाईले ५ वर्षको म्याण्डेड लिएर आएको यो सरकारले काँग्रेस नेताहरुको नाम काट्ने हो भने ५ वर्षपछि काँग्रेसको सरकार बनेपछि के काँग्रेसले पनि मनमोहन अधिकारीको नाममा खुलेका संस्थाहरु काट्दै हिँड्ने भन्दै प्रतिप्रश्न गरिन्। उनले काँग्रेस नेतृत्वकोे सरकारको पालामा यस्तो चरित्र नदेखाएको र नदेखाउने चेतावनी समेत दिइन्।