arrow

यी सुन्दर मुलुकमा छन् नेपाली रुपैयाँभन्दा कमजोर मुद्रा

logo
प्रकाशित २०७५ माघ ७ सोमबार
desh1.jpg

काठमाडौं । सधैं नेपाली मुद्राको तुलना अमेरिकी डलरको आधारमा हुन्छ । जसको कारण नेपाली रुपैयाँ कमजोर देखिने गरेको छ । यद्यपि सबै मुलुकको तुलनामा भने नेपाली रुपैयाँ कमजोर छैन । यहाँ नेपाली मुद्राको तुलनामा निकै कमजोर मुद्रा रहेका विश्वका सुन्दर मुलुकहरु उल्लेख गरिएको छ ।

१. भियतनाम
भियतनाम एक यस्तो मुलुक हो, जहाँ बौद्ध स्तुप, शानदार भियतनामी व्यञ्जन र नदीहरुको लागि विशेष मानिन्छ । यहाँको संस्कृति पनि निकै भिन्न किसिमको छ । नेपालीको लागि यो मुलुक घुम्नु निकै सस्तो पर्नसक्छ । नेपाली १ रुपैयाँबराबर भियतनामको २०२ भियतनामी डोंग हुन्छ । युद्धको संग्रहालय र फ्रेञ्च वास्तुकला यहाँको आकर्षणको केन्द्र हो ।

२. कम्बोडिया
कम्बोडिया आफ्नो विशाल पत्थरहरुबाट बनेको अंगकोर वाट मन्दिरको लागि लोकप्रिय छ । यो मुलुकको राजकीय दरबार, राष्ट्रिय संग्रहालय र पुरातात्विक खण्डहर आकर्षणको केन्द्र हो । यो मुलुकमा पश्चिमी पर्यटकहरु निकै घुम्न जाने गर्छन् । नेपाली १ रुपैयाँ बराबर ३५ कम्बोडियन रियाल हुन्छ ।

३. इन्डोनेसिया
टापु नै टापुले बनेको देश इन्डोनेसिया पनि सफा नीलो पानी र जलवायु विविधताको कारण चर्चित छ । यो मुलुक पनि नेपाली मुद्राको तुलनामा निकै कमजोर मुद्रा रहेकोमध्ये एक मुलुक हो । यो मुलुकमा नेपाली १ रुपैयाँ बराबर १२४ इन्डोनेसियन रुपिह हुन्छ । जसको कारण थोरै खर्च गरेर यो मुलुकको भ्रमण गर्न सकिन्छ ।

४. जापान
जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । भ्रमणको लागि यो मुलुक पनि निकै आकर्षक मानिन्छ । यहाँको मुद्रा येन नेपाली रुपैयाँबराबरकै हाराहारीमा छ ।

५. हंगेरी
हंगेरीको वास्तुकला र उसको संस्कृति विश्वभर चर्चित छ । यहाँको संस्कृति रोमन, टर्की र अन्य संस्कृतिबाट प्रभावित छ । हंगेरीको राजधानी बुद्धापोस्ट विश्वको सबैभन्दा रोमान्टिक सहरमध्येको एक हो । यहाँ नेपाली १ रुपैयाँ बराबर २.४३ हंगेरियन फोरिन्ट हुन्छ ।
 

६. पाराग्वे
पाराग्वे दक्षिण अमेरिकी मुलुक हो । ब्राजिल वा अर्जेन्टिनाजस्ता मुलुक जान चाहने यात्रीहरुका लागि यो मुलुक पहिलो प्राथमिकता हो । यो मुलुकमा प्रकृतिको निकै मनमोहक दृश्य देख्न सकिन्छ । यहाँ नेपाली १ रुपैयाँ बराबर ५२.६२  पाराग्युअन गुआरानी हुन्छ ।
 

७. मंगोलिया
मंगोलिया पनि आफ्नो घुमन्ते जीवनशैलीको लागि चिनिन्छ । मंगोलियाको एक निकै ठूलो खुला स्थान रहेको छ । जहाँ मानिसहरुले प्रकृतिको आनन्द लिन सक्छन् । यो मुलुकमा नेपाली १ रुपैयाँ बराबर २३.१० मंगोलियन टुगरिक हुन्छ ।

८. कोस्टारिका
मध्य अमेरिकामा रहेको कोस्टारिका आफ्नो समुद्री तटको लागि विशेष मानिन्छ र यहाँ उल्लेख्य पर्यटकहरु पनि आउने गरेका छन् । ज्वालामुखी, जंगल र अन्य वन्यजन्तुको कारण यो एक लोकप्रिय पर्यटकीय स्थल हो । यहाँ नेपाली १ रुपैयाँ बराबर ५.२४ कोस्टारिकन कोलोन छ ।

९. चिली
चिलीमा जंगल तथा ट्रकको आनन्द लिनु निकै महत्वपूर्ण अनुभव हो । चिलीका पर्वत श्रृङ्खलाहरु निकै दर्शनीय छन् । यसका साथै यहाँ केही सक्रिय ज्वालामुखी हुने क्षेत्रहरु पनि छन् । यहाँ नेपाली १ रुपैयाँ बराबर ५.८५ चिलीयन पेसो हुन्छ ।

१०. आइसल्याण्ड
टापुमा रहेको यो मुलुक विश्वको सबैभन्दा सुन्दर स्थानमध्येको एक हो । गर्मीबाट बच्नका लागि मानिसहरु यो मुलुक घुम्न जाने गर्छन् । यहाँ मनै लोभ्याउने किसिमको दृश्यहरु देख्न पाइन्छ । यो मुलुकमा नेपाली १ रुपैयाँ बराबर १.०५ आइसल्याण्डिक क्रोन हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ