arrow

मृत्युपछि कपडामा अन्तिम संस्कार गराउन चाहनुहुन्छ ? कम्पनीले ल्यायो नयाँ प्रस्ताव

logo
प्रकाशित २०७५ माघ ७ सोमबार
offer.jpg

काठमाडौं । धेरै मानिसहरुलाई विभिन्न किसिमका कपडा लगाउन मन पर्छ । केही मानिसहरु आफ्नो कपडाको लागि केही कुरामा पनि सम्झौता गर्दैनन् । यो कुरालाई ध्यानमा राख्दै एक कपडा कमपनीले विशेष किसिमको ड्रेस बनाएको छ । यो कपडाको महतवपूर्ण विशेषता भनेको यो कपडा अन्तिम संस्कारमा लगाउनका लागि बनाइएको हो ।

बेलायती कम्पनीकाअनुसार मानिसको ज्यान गएपछि सम्बन्धित व्यक्तिलाई यो कपडामा अन्तिम संस्कार गर्दा सुहाउँछ । कम्पनीले निर्माण गरेको यस किसिमको कपडामा केही मानिसहरुले फोटो पनि खिचाएका छन् । आफ्नो अन्तिम संस्कार केही फरक किसिमको होस् भन्ने चाहना राख्ने मानिसहरुको लागि यो निकै विशेष हुने कम्पनीको दाबी छ ।

यो कपडालाई कम्पनीले ‘वायर माई डेड बडी’नाम दिएको छ । कम्पनीले सर्वेक्षणपछि यो कपडा बनाएको हो । यसमा ८५ प्रतिशत मानिसहरुले आफूलाई आफ्नो अन्तिम वस्त्रको विषयमा चासो राखेका थिए । जसमध्ये एक चौथाइ मानिसहरुले भने आफ्नो अन्तिम संस्कारको कपडाको लागि एक हजार पाउण्डभन्दा रकम खर्चको लागि तयार देखिएका थिए ।

कम्पनीले यो सर्वेक्षणमा ५२ प्रतिशत महिना महिलाहरु आफ्नो जीवन सकिए पछि डिजाइनर ड्रेस र अग्लो सेन्डल लगाउन रुचाउने गरेको पाइएको थियो । ३१ प्रतिशत महिलाले आफूहरुको अन्तिम संस्कारमा आफूलाई मनपर्ने भित्री वस्त्र लगाउन चाहेको बताएका थिए ।

सर्वेक्षणमा २० प्रतिशत पुरुषले अन्तिम संस्कारमा चप्पल लगाइराख्न चाहेको बताएका थिए । ३१ प्रतिशतले बास्केटबल क्याप लगाउन चाहेको बताएका थिए । कम्पनीले यस्तै ४९  किसिमका ड्रेसको नमुनाहरु सार्वजनिक गरेको छ । जसमा विभिन्न किसिमका पोशाकहरु छन् । त्यसका साथै कम्पनीले ‘ट्राइ विफोर यू डाइ’ प्रस्ताव पनि अघि सारेको छ । जसको अर्थ जीवित मानिसहरुले पनि यस किसिमका कपडाहरु लगाएर अनुभव लिन सक्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ