arrow

जहाँ पुजिन्छ भगवानको उल्टो प्रतीमा, यस्तो छ कारण

logo
प्रकाशित २०७५ माघ ७ सोमबार
ulto.jpg

काठमाडौं । भारतमा हनुमानको पूजाआजा विशेष किसिमले गर्ने गरिन्छ । भारतमा हनुमानको मन्दिर पनि धेरै छन् । मध्य प्रदेशको इन्दौरको सांवेरमा हनुमानको एक विचित्रको मन्दिर रहेको छ । सांवेरको यो मन्दिरमा हनुमानको उल्टो प्रतिमा रहेको छ ।

यो मन्दिरको महत्वपूर्ण कुरा यो मन्दिर रामायणकालसँग जोडिएको छ । मन्दिरमा एक परिजातको रुख पनि रहेको छ । पारिजात हनुमानको पनि वासस्थान मानिन्छ । हनुमानलाई एकपटक तोतेको रुप लिनुपरेको बताइन्छ ।

जब तुलसीदासलाई श्रीरामको दर्शन गर्न इच्छा भएको अवस्थामा हनुमानले उनलाई तोतेको रुप धारण गरेर श्रीरामको दर्शन गराएका थिए । यसकारण यहाँ तोतेको पनि पूजा गरिन्छ । सांवेरको उल्टो हनुमानको मन्दिरमा श्रीराम, सीता, लक्ष्मणका साथै शिव–पार्वतीको पनि मूर्ति रहेको छ । यहाँ लगाार तीन वा पाँच मंगलबार दर्शन गर्नाले भक्तको सबै मनोकामना पूरा हुने विश्वास रहीआएको छ ।

अहिरावणले राम र लक्ष्मणको अपहरण गरेर पाताल लगेको थियो । त्यतिबेला हनुमानले पातालमा प्रवेश गरेका थिए । जसको कारण यहाँ उल्टो हनुमानको प्रतिमा राखिएको पनि धेरैको विश्वास छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ