arrow

नयाँ प्रविधिमा यसरी उदाउँदैछ चीन

logo
एजेन्सी
प्रकाशित २०७५ माघ ७ सोमबार
china-tech.png

काठमाडौं । चीन पछिल्लो समय प्रविधिमा विश्वको फ्याक्ट्रीको रुपमा उदाउने प्रयासमा छ । आर्टिफिसियल इन्टेलिजेन्ट भर्चुअल समाचार वाचकदेखि मोबाइल भुक्तानीसम्ममा चीन अगाडि छ । चीनका ७३ करोड १० लाख इन्टरनेट प्रयोगकर्ताहरु चीनको प्रविधिको विकासको योजनालाई साथ दिइरहेका छन् । यसैबीच सरकारले ल्याएको ‘मेड इन चाइना २०२५’जस्ता योजनाले चीनलाई प्रविधिमा महत्वपूर्ण फाइदा पुग्नसक्ने देखिएको छ । 

चिनियाँ कम्पनी ग्लोबल ग्रुपका अध्यक्ष जोनी होन चीन अहिले प्रविधिमा सबैभन्दा अगाडि आउने दाउमा रहेको बताउँछन् । पश्चिममा चिनियाँ सामग्रीहरु सस्तो, कम गुणस्तरको र नक्कली गरिएको उत्पादन हुन्छ भन्ने सोचाइ पछिल्लो समय गलत साबित हुँदै गएको छ । चीनमा नै महत्वपूर्ण प्रविधिको आविष्कार हुन थालेका छन् । 

मोबाइल भुक्तानीमा सबैभन्दा अगाडि 

चिनियाँ उपभोक्ता नगद विनाको कारोबारमा अग्रसर देखिन्छन् । उनीहरु क्युआर कोड र फोनको माध्यमबाट भुक्तानी गर्ने गर्छन् । सन् २०१२ मा मोबाइल भुक्तानीबाट २ करोड ४० लाख पाउण्ड करोबार भएकोमा यो नतिजा २०१६ मा बढेर ९८ खर्ब पाउण्ड पुगेको थियो । पछिल्लो समय पनि सोही मात्रामा मोबाइल भुक्तानी बढ्दो क्रममा छ। चीनमा करिब ४० प्रतिशत उपभोक्ताले अनलाइनमा उत्पादनहरु बिक्री गरी थप कमाइ पनि गर्ने गरेका छन् । मोबाइल भुक्तानीको विकासको श्रेय चीनलाई जान्छ । 

वित्तीय सुधार 

चीनको प्रविधिमा अर्को महत्वपूर्ण सफलता वित्तीय प्रविधि कम्पनीको विकास हो । यस किसिमका कम्पनीहरुले आफ्नो सेवामा उल्लेख्य मात्रामा प्रविधिको प्रयोग गर्दै आएका छन् । अहिलेसम्म पश्चिमा मुलुकहरुले यस किसिमको सेवा प्रविधिबाट दिन शुरु गरेका छैनन् । 

चिनियाँ वित्तीय संस्थाहरु अहिले प्रतिस्पर्धा गर्न नसकिने अवस्थामा रहेको चिनियाँ अधिकारीहरु बताउँछन् । त्यसको एक उदाहरण वीक्यास प्रविधि हो । यसले आफ्नै सामाजिक सञ्जाल विस्तार गरी वेवास्तामा परेका मानिसहरुलाई सेवा प्रदान शुरु गरेको थियो । पछिल्लो समय भने पश्चिमा मुलुकहरुले चीनबाट सिकेर केही हदसम्म यस किसिमको प्रविधिको प्रयोग बढाइरहेका छन् ।

आर्टिफिसियल इन्टेलिजेन्सको अग्रणी

चिनियाँ कम्पनीहरुले निकै प्रभावकारीरुपमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिरहेका छन् । चिनियाँ खोजी जायन्ट पाइतुले केही समयअघि मात्र पेचिङमा विश्वको पहिलो एआई पार्क स्थापना गरेको थियो। गत वर्ष चीनले एआईमा सबै मुलुकहरुलाई पछि पार्ने आफ्नो उद्देश्य रहेको बताएको थियो । 

चीन एआई कम्पनीमा लगानी गर्ने अमेरिकापछि दोस्रो मुलुक हो । सन् २०३० सम्ममा एआईमा सबैभन्दा अगाडि आउने चीनको दाउ छ । चिनियाँ कम्पनी अलिबाबाले पनि एआईबाट चल्ने केही उत्पादनहरु ल्याइसकेको छ । त्यसका साथै चीनले यो प्रविधिको प्रयोग गरी अफ्नो व्यापार विस्तार, उपभोक्ता सेवा, ठगी पहिचान र मुद्दा पहिचान गर्नेजस्ता काम गरिरहेको छ । 

सामाजिक सञ्जालको पावरहाउस 

सामाजिक सञ्जालमा पनि चीन अगाडि छ । चिनियाँ समाजिक सञ्जाल वीच्याटले धेरै फंक्सनहरु विकास गरेको छ । उसले आफूलाई सबैकुराको एपको रुपमा विकास गरेको छ । यसबाट मानिसहरु डक्टरसँग अप्वइन्टमेन्ट लिनदेखि ट्राफिक जरिवाना तथा अन्य बिलहरु पनि तिर्न पनि सकिन्छ ।

वीच्याट बनाउने टेनसेन्ट कम्पनी बजार पुँजीकरणमा फेसबुकभन्दा महँगो कम्पनी बनिसकेकोे छ । यसले प्रविधि क्षेत्रमा चीनको पाइला कसरी चाल्दैछ भन्ने कुराको उदाहरण मात्र दिएको अधिकारीहरु बताउँछन् । चीन प्रविधिको विकासको लागि अन्य मुलुकसँग पनि सहकार्य बढाउने पक्षमा छन् । 

चीनले प्रविधिमा पछिल्लो समय व्यापक लगानी पनि गरेको छ । यस्तोमा पश्चिमा मुलुकलाई चीनसँग प्रतिस्पर्धा गर्नसक्ने किसिमको सोचको विस्तार गर्नु जरुरी रहेको देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ