arrow

काठमाडौं उपत्यकामा स्वाइन फ्लुको संक्रमण, १६८ जनामा प्रमाणित, वास्तविक स्थिति अझ जटिल 

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
swine-flu1.jpg

काठमाडौं । राजधानीमा स्वाइन फ्लुको संक्रमण बढेको छ । राष्ट्रिय प्रयोगशाला टेकुका अनुसार मंसिरदेखि पुस २६ सम्म ३ सय ३४ जनाको घाँटीको र्यालको नमुना परीक्षण गर्दा एक सय ६८ जनामा संक्रमण भेटिएको हो ।

सोमबार मात्रै ओम अस्पतालको आइसीयुमा ४७ वर्षीया महिलाको मृत्यु भएको थियो । तर, उनी निमोनियाले ग्रसित भएकाले मृत्यु भएको ओम अस्पतालले जनाएको छ । 

चिकित्सकीय भाषामा यसलाई मौसमी एन्फ्लूएन्जा (रुघाखोकी अन्तर्गत रहेको ‘एन्फ्लूएन्जा ए–एच वान एन वान’ भनिएको छ । 

यो त टेकुमा गरिएको परीक्षणबाट देखिएको तथ्यांक हो । चिकित्सकहरुले सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति झन जटिल रहेको दावी गरेका छन् । 

कतिपय बिरामीहरु सही अस्पतालको पहुँचमा नपुग्दा समस्या झन् बिकराल हुँदै गएको छ । सरुवा रोग भएकाले पनि बिरामीको संख्या अझ बढेको हुनसक्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ