arrow

उर्लाबारीका वडाध्यक्षले बेचेको बिउको छानबिन हुने, कारबाहीको तयारी

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
wadhadakshaya.jpg

उर्लाबारी । उर्लाबारीका कृषकले अनुदान वापतको ३ सय २० रुपैँया मुल्य बराबरको मकैको बिउ लिन १ सय रुपैँया वडा कार्यालयलाई बुझाएपछि नगरपालीकाले छानबिन गर्ने भएको छ ।

उर्लाबारी नगरपालीकाले ८ र ९ नम्बर वडाको लागि चालु आर्थिक वर्षमा प्रत्येक वडा ३ लाख आर्थिक विकास कार्यक्रम शिर्षकमा बिनियोजन गरेको थियो । वडा कार्यालयले बिनियोजन रकमसँगै ती वडाका २ हजार ५ सय ९० जना कृषकसँग उल्टै एक सय रुपैँया लिएर ३ सय २० रुपैँया मुल्य बराबरको एक केजी मकैको बिउ वितरण गरेको थियो ।

यस विषयमा ८ नं वडाध्यक्ष कुलबहादुर कार्की र ९ नं वडाका अध्यक्ष बमबहादुर लिम्बुले नगरपालिकाले बिनियोजन गरेको ६ लाखले बिउ अपुग हुने भएपछि २०७५ मंसीरमा वडा स्तरिय बैठकले प्रति कृषक एक सय रुपैँया उठाउने निर्णय गरेको बताएका छन् ।

अध्यक्षद्वयले नगरपालीकाका कृषि प्राविधिक लाक्पा भोटीयाको समन्वयमा दुई वडाका लागि २ हजार ३ सय ४० केजी मकैको बिउ खरिद गरी कृषकलाई वितरण गरेको बताएका छन् । स्थानीय कृषक राम सिबाले अनुदानमा आएको एक केजी मकैको बिउ खरिद गर्नु बिडम्बना भएको बताएका छन् ।

उता नगरपालिकाका मेयर खड्ग फागोले भने नगरपालीकाले कृषकलाई अनुदान बापतमा नि:शुल्क रुपमा मकैको बिउ वितरण गर्नुपर्नेमा उल्टै कृषकसँग रकम असुल गर्नु नियम विपरित भएको बताउदै एक केजी बीउ कृषकलाई वितरण गर्न वडामा रकम अभाव भएको भए नगरपालीकासँग समन्वय गर्नु पर्ने बताएका छन् ।

सोही प्रसंगमा मेयर फागोले वडा बासीबाट आएको जनगुनासोको विषयमा आवश्यक छानविन सम्बन्धित निकायबाट भए पछि दोषी प्रमाणित भएमा कारबाही हुने बताएका छन् ।

यस्तो छ उर्लाबारीका वडाअध्यक्षले चप्काएको बीउको नालीबेली

उर्लाबारीका वडाध्यक्षले बिक्री गरे अनुदानको बीउ, किसान भन्छन्– पैसा कहाँ गयो ?



नयाँ