arrow

उर्लाबारीका वडाध्यक्षले बिक्री गरे अनुदानको बीउ, किसान भन्छन्– पैसा कहाँ गयो ?

logo
प्रकाशित २०७५ पुष ३० सोमबार
wadhadakshaya.jpg

मोरङ । उर्लाबारी नगरपालिकाले वडा नं.८ र ९ का लागि दिएको अनुदानको मकैको वीउमा सोही वडाका वडाध्यक्षहरूले गिद्धे नजर लगाएको खुलासा भएको छ ।  वडाध्यक्षद्वय कुलबहादुर कार्की र बमबहादुर फ्याकले कृषि प्राविधिकसँग मिलेर प्रति पोका सय रुपियाँ लिएर अनुदानको बीउ बिक्री गरेको केही किसानले गुनासो गरेपछि यस्तो खुलासा भएको हो ।

पुस २९ गते प्रकाश कन्दङ्वा, मानबहादुर कार्की र तिल बिक्रम चिमोरिया लगायतका किसानले अनुदानको बीउ किसानसँग पैसा लिएर दिएको भन्दै नगर प्रमुख खड्गबहादुर फागोलाई जानकारी गराएका छन् । ३० जना किसानले हस्ताक्षर गरी नगर प्रमुख फागोलाई दिएको निवेदनमा अनुदानको मकैको बीउ वडा नं. ८ र ९ का वडाध्यक्ष कुलबहादुर कार्की र बमबहादुर फ्याकले नगदी रसिद नदिई १ सय रुपियाँ लिएर बिक्री गरेको उल्लेख छ ।
 

यता नगर प्रमुख फागोले भने किसानको निवेदनका विषयमा केही खुलाउन चाहेनन् । उनले भने–हामीले वडा नं ८ लाई कृषि उत्पादनका लागि मकैको बीउ वितरण र वडा नं. ९ लाई उन्नत जातको मकैको बीउ वितरण कार्यक्रम अन्तरगत ३-३ लाख रुपियाँ विनियोजन गरेका हौं । यो अनुदान रकम हो । अनुदान रकमबाट खरिद गरेको बीउ किसानलाई नि:शुल्क वाढ्नुपर्छ ।  वडा कार्यालयले कुनै पनि अवस्थामा बिक्री गर्न पाउने कानूनी ब्यवस्था छैन् ।
 
तर किसानहरूले भने कृषि प्राविधिकको मिलेमतोमा अनुदानको मकैको बीउ बिक्री गरेको दाबी गरेका छन् । किसान प्रकाश कन्दङ्वाले भने–प्रत्येक किसानसँग सय रुपियाँ उठाइएको छ । पैसा कहाँ गयो हामीले खोजि गर्न पाउने कि नपाउने ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ