arrow

यस्तो छ उर्लाबारीका वडाअध्यक्षले चप्काएको बीउको नालीबेली

किसान अख्तियार जाने तयारीमा

logo
प्रकाशित २०७५ माघ ७ सोमबार
wadhadakshaya.jpg

बिराटनगर  । अनुदानको मकैको बीउ किसानलाई बिक्री गरेर बिबादमा आएका मोरङको उर्लाबारी ८ र ९ का वडाध्यक्षहरूले आफ्ना आसेपासे र झोले कार्यकर्ता भेला गरेर वडा कार्यलयमा पत्रकार सम्मेलन गरेको समाचार प्राप्त भएको छ ।

 पत्रकार सम्मेलनमा आफू निकट केही पत्रकार बोलाएर मकैको बीउ बिक्री नगरेको प्रष्टिकरण दिइएको बुझिएको छ । तर, वडाध्यक्षद्वय कुलबहादुर कार्की र बमबहादुर फ्याकले मकैको बीउको पैसा पचाउन पत्रकार सम्मेलन गरेको किसानहरूले गठुनासो गरेका छन् ।

मकैको बीउ वितरण गर्न नगरपालिकाले ३/३ लाख रुपियाँ पाएको थियो । बजारमा मकैको बीउ प्रति किलो ३२० रुपियाँमा पाइने गरेको छ । कृषि प्राविधिकहरूका अनुसार ३ लाख रुपियाँमा ९३७ केजी मकैको बीउ आउँछ । उक्त बीउले प्रति कट्ठा डेढ किलो रोप्दा पनि ६४४ कट्ठा जग्गालाई पुग्छ । ६४४ कट्ठा भनेको  झण्डै ३३ विगाहा जग्गा हो ।  यही दरले अनुदानको बीउले मात्र दुईटा वडामा  ६६ विगाहामा मकै खेती हुनुपर्छ ।

अझ वडाध्यक्षले बीउ बिक्री गरेर प्राप्त गरेको १ लाख ८७ हजार ४ सय रुपियाँको समेत मकैको बीउ किनेर किसानलाई दिएको हो भने उक्त रकमले थप ५८५ केजी मकैको बीउ आउँछ । उक्त बीउले ३९० कट्ठा जग्गामा मकै खेती गर्न सकिन्छ । ३९० कट्ठा भनेको १९ विगाहा १० कट्ठा जग्गा हो ।

किसानहरूका अनुसार वडाध्यक्ष र तत्कालिन कृषि प्राविधिक लाक्पा शेर्पाको मिलेमतोमा मकैको बीउ बिक्री भएको हो । समाचार स्रोत भन्छ–‘एक जना किसानको नागरिकता राखेर १० देखि १५ पोका सम्म मकैको बीउ प्रदान गरिएको छ । खेती नगर्ने किसानलाई समेत बीउ दिइएकोले उक्त प्रमाण नष्ट गर्न बडाध्यक्षले नजिकका जानकारहरूलाई सहभागी गराएको बताइएको छ ।

कति सम्म भने ९ नं.वडाका वडाध्यक्षको बचाउमा उनका छोरा समेत आक्रोसित भएका छन् । अशिष्ट भाषामा सामाजिक सञ्जालमा मकैको बीउको विवरण खोज्नेलाई ‘आफूले देखाइदिने’भन्दै उनले धम्की दिएका छन् । तर उनले कसलाई धम्कयाएका हुन प्रष्ट छैन् ।
 
कृषि प्राविधिक र उर्लाबारी नगरका नगरप्रमुख खड्ग फागोले भने अनुदानको बीउ कुनै पनि सर्त वा बहानामा बिक्री गर्न नपाइने दोहोर्‍याए ।

यता कतिपय किसानले मकैको बीउ नपाएको गुनासो गरेका छन् । मकैको बीउ बडाध्यक्षले दलीय आस्थाका आधारमा पोइसा लिएर बेच्दा समेत आफूहरूले नपाएको उनीहरूको गुनासो छ । उनीहरूले भने–अब अति भयो , अख्तियारको ढोकामा न्याय माग्न जान्छौं ।

उर्लाबारीका वडाध्यक्षले बिक्री गरे अनुदानको बीउ, किसान भन्छन्– पैसा कहाँ गयो ?

उर्लावारी ९ का वडाअध्यक्ष बम बहादुरका छोरा कमलले घरमै गएर कुटे पत्रकार तेजनलाई 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ