arrow

जिपी कोइराला फाउण्डेशन अमेरिकाको अध्यक्षमा घिमिरे

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
ghimire-gp-koirala.jpg

काठमाडौँ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन उत्तर तथा दक्षिण अमेरिकाको अध्यक्षमा सोमनाथ घिमिरे भएका छन् । नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको जिपी कोइराला फाउण्डेशनको अध्यक्षमा घिमिरे भएका हुन् । 

फाउण्डेशनका संस्थापक अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले घिमिरेलाई उत्तर तथा दक्षिण अमेरिकाको अध्यक्षको जिम्मेवारी दिएका छन् । उनको कार्यक्षमता र कुशलताका कारणले नै घिमिरेलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । 

को हुन् घिमिरे ?
नेपाली जनसम्पर्क समिति अमेरिका न्युयोर्क च्याप्टरको संस्थापक सभापति घिमिरे झण्डै तीन दशकदेखि अमेरिकामा बसोबास गर्दै एका छन् । 

नेपालमा रहँदा विसं २०४४ सालमा नेपाली काँग्रेसको क्रियाशिल सदस्यता लिएका घिमिरेले नेपालको प्रजातन्त्र बलियो बनाउन सक्रिय भूमिका खेल्दै आएका छन् । 

विस २०४६ सालको जनआन्दोलमा नेपाल विद्यार्थी संघ आदर्श रात्री क्याम्पस मोरङको महासचिव भएका उनले विद्यार्थी भएर पञ्चायती व्यवस्थाका विरुद्धमा अग्र पंक्तिमा उभिएर लडेका थिए । 

काँग्रेस नेत्री एवं पूर्वमन्त्री स्व शैलजा आचार्यको सानिध्यमा बसेर प्रजातान्त्रिक आन्दोलनमा होमिएका उनी सन् १९८० को दशकदेखि अमेरिकामा बसेर लोकतान्त्रिक आन्दोलनलाई बलियो बनाउन काम गर्दै आएका छन् । 
 
लागार्डिया कलेज अमेरिकाको विद्यार्थी हुँदा नेपाली युथ क्लब स्थापना गरेर संस्थापक सभापतिको भूमिका निर्वाह गरेका घिमिरेले नेविसंघ अमेरिका क्यानाडाको संस्थापक सभापति, नेपाली जनसम्पर्क समिति न्यूयोर्कको संस्थापक सभापतिको भूमिकासमेत निर्वाह गरिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ