arrow

मंगलबारको संसद बैठकमा पनि काँग्रेसको अवरोध

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार

काठमाडौं। नेपाली काँग्रेसले मंगलबारको प्रतिनिधि सभा बैठकमा पनि विरोध जनाएको छ । सोमबार दुबै संसदको बैठकमा कार्यसूची अघि बढाउन अवरोध खडा गरेको हो । प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै प्रतिनिधि सभाका काँग्रेस सांसद्हरुले उठेर विरोध गरेका छन्।

जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई खारेज गर्ने तयारीमा सरकार रहेको आरोप लगाउँदै काँग्रेसले संसद अवरुद्ध गरेको हो । काँग्रेसले केन्द्र सरकार मातहत राखेर गठन आदेश समेत स्वीकृत नगरेसम्म संसद चल्न नदिने कांग्रेसको अडान छ ।  

सोमबार विरोधपछि सभामुख कृष्णबहादुर महराले काँग्रेसका एक प्रतिनिधिलाई बोल्ने समय दिएपछि काँग्रेसका संसदीय दलका उपनेता विजय कुमार गच्छदारले सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थालाई स्वीकृति नदिएकोमा विरोध जनाएका छन्। 

संसदमा बोल्दै नेता गच्छदारले ११ वटा प्रस्ताव मध्ये १० नम्बर र ११ नम्बरको प्रस्ताव पारित नभएकोजनाएकोमा आपत्ति जनाएका हुन् । १० औं नम्बरको प्रस्तावमा जीपी कोइराला र ११ औं नम्बरमा सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थाको बारेमा कुनैपनि निर्णय नभएकोमा काँग्रेसको घोर आपत्ति रहेको बताएका छन्। 

उनले २०४० सालदेखि नै गठन आदेशमार्फत् पटक पटक यस्ता स्वास्थ्य संस्थाहरुलाई स्वीकृति दिएको स्मरण समेत गराएका छन् । उनले २०४९ सालदेखि पनि ९ वटा प्रस्तावमाथि निर्णय भएको उल्लेख गरेका छन्। ती प्रस्तावहरुमध्ये २ वटा प्रस्ताव बाहेक अरु सबै प्रस्ताव स्वीकृति भएको समेत स्मरण गराएका छन्। उनले देशका धेरै शहीदहरुको नाममा खुलेका स्वास्थ्य संस्थाहरुलाई स्वीकृति दिएको भन्दै उनले पछिल्लो समय २०६८ सालमा पनि यस्तो प्रस्ताव स्वीकृत गरेको स्मरण समेत गराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ