arrow

काँग्रेसले रोष्ट्रम घेर्‍यो, प्रक्रिया अघि बढाउने सभामुखको चेतावनी

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
congress-birodh.JPG

काठमाडौं। मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रमु प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रम अगाडि गएर विरोध गरेको छ । सोमबार दुबै संसदको बैठकमा कार्यसूची अघि बढाउन अवरोध खडा गरेको काँग्रेसले मंगलबारको बैठकमा पनि विरोध जनाएको हो ।

जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई खारेज गर्ने तयारीमा सरकार रहेको आरोप लगाउँदै काँग्रेसले संसद अवरुद्ध गरेको हो । काँग्रेसले केन्द्र सरकार मातहत राखेर गठन आदेश समेत स्वीकृत नगरेसम्म संसद चल्न नदिने कांग्रेसको अडान छ ।

मंगलबारको बैठकमा आफूहरुको माग पूरा नभएसम्म संसद् चल्न नदिने घोषणा गरेर काँग्रेस सांसदहरु रोष्ट्रमा गएर विरोध गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ