arrow

डा केसीको जीवन रक्षा गर्न मानव अधिकार आयोगको आग्रह

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
dr-kc-bed.JPG

काठमाडौं । चिकित्सा शिक्षामा सुधारको लागि राष्ट्रिय नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयनको माग राखी १४ दिनदेखि आमरण अनसनरत  प्रा डा गोविन्द केसीको स्वास्थ्य अवस्था प्रति राष्ट्रिय मानव अधिकार आयोगले ध्यानाकर्षण जनाएको छ । मंगलबार आयोगका सचिव वेद भट्टराईले  विज्ञप्ति जारी गर्दै  ध्यानाकर्षण जनाएका हुन् ।

 आयोगले अनसनरत डा. के. सी. को स्वास्थ्य अवस्था सम्बन्धमा अनुगमन गरिरहेको छ । आयोगको टोलीले महाराजगञ्ज स्थित शिक्षण अस्पताल पुगेर डा. के.सी. को स्वास्थ्य अवस्थाबारे अनुगमन गरेको छ ।

विज्ञिप्तिमा भनिएको छ, 'चिकित्सा शिक्षा जस्तो आधारभूत मानव अधिकारको विषयप्रति संवेदनशील हुन सम्बन्धित पक्षलाई आयोग आग्रह गर्दछ । डा. के. सी. सँग नेपाल सरकारले विगतमा पटक-पटक गरेका सम्झौताहरुमा गम्भीर हुदै उहाँको जीवन रक्षाका लागि हरसम्भव प्रयास गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ । साथै, आपसी विमतिका विषयहरु सम्बन्धमा वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्न आयोग सम्बन्धित सबै पक्षलाई आग्रह गर्दछ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ