arrow

प्रतिनिधि सभा बैठक सूचना टाँस गरी स्थगित, ११ गते बस्ने

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
CA-Bicc-1.JPG.jpeg

काठमाडौं । प्रतिनिधि सभा संसदको बैठक ११ गतेसम्मको लागि स्थगित भएको छ । मंगलबार दुईपटकसम्म १५ मिनेटको लागि स्थगित गरेको संसद् बैठक काँग्रेसको अवरोध जारी रहने देखेपछि सूचना टाँस गरी स्थगित गरेको हो । अबको बैठक बैशाख ११ गते दिउँसो १ बजे बस्ने बताईएको छ ।

सभामुख कृष्णबहादुर महराले प्रतिपक्षीलाई पेलेरै जाने रणनीति बनाएर दोस्रो पटक बैठक बोलाएको भएपनि काँग्रेस सांसदहरुले राष्ट्रम घेर्न पुग्दा मंगलबार दोस्रो पटक बसेको बैठकमा सत्ता पक्ष र प्रतिपक्षबीच धकेलाधकेल समेत भएको थियो । 

मंगलबार दोस्रो पटक बोलाईएको बैठकमा महराले काँग्रेसको विरोधका बाबजुत पनि चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्नको लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई समय दिएपछि काँग्रेस सांसद्हरुले पोखरेललाई राष्ट्रममा जानै अवरोध गरेका थिए । नेपाली काँग्रेसका सांसद गगन थापाले सभामुखले पेलेर जाने नीति लिएकोले काँग्रेसले पनि सांसद्हरुलाई बैठक कक्षमा छिर्नै नदिने रणनीति लिएको जानकारी दिए ।  

शिक्षामन्त्रीलाई राष्ट्रममा जानै नदिएपछि मंगलबार दोस्रो पटक बसेको प्रतिनिधि सभा बैठक फेरि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विरोध गर्दै रोष्ट्रम घेरेर शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई रोष्ट्रममा जानै नदिएपछि संसद बैठक १५ मिनेटको लागि स्थगित गरिएको हो । आफ्ना मागहरुमा सरकार जिम्मेवार नबबेको भन्दै काँग्रेसले रोष्ट्रम अगाडि गएर विरोध गरेको हो । 

सो लगत्तै सभामुख कृष्णबहादुर महराले संसद बैठक १५ मिनेटको लागि स्थगित गरेका हुन् । जिपी कोइरामुख कृष्ण्ला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई खारेज गर्ने तयारीमा सरकार रहेको आरोप लगाउँदै काँग्रेसले संसद अवरुद्ध गरेको हो । काँग्रेसले केन्द्र सरकार मातहत राखेर गठन आदेश समेत स्वीकृत नगरेसम्म संसद चल्न नदिने कांग्रेसको अडान छ ।  

मंगलबारको बैठकमा आफूहरुको माग पूरा नभएसम्म संसद् चल्न नदिने घोषणा गरेर काँग्रेस सांसदहरु रोष्ट्रमा गएर विरोध गरेका हुन् । सभाको सुरुमा नै बोल्दै काँग्रेस सांसद प्रकाशमान सिंहले सरकारले काँग्रेस नेताको नाम जोडिएको आधारमा नै ती दुई स्वास्थ्य संस्थाहरुलाई स्वीकृति नदिएको आरोप लगाएका थिए । उनले राजनीतिक परिवर्तनका दुई हस्तिहरुको सरकारले नियोजित रुपमा अपमान गरेकोले आफूले संसद अवरुद्ध गर्नु परेको प्रतिक्रिया समेत दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ