arrow

सुशीलले मनोनयन गरेका ३० प्रतिनिधि विवादमा, देउवा पक्ष मतदान गर्न नदिने पक्षमा

logo
प्रकाशित २०७२ फागुन २३ आइतबार
NC-election-(11).JPG.jpeg
काठमाडौँ। नेपाली काँग्रेसको १३औँ महाधिवेशनको मतदान जारी रहँदा सभापति सुशील कोइरालाले गत साउनमा मनोनयन गर्नुभएका ३० जना महाधिवेशन प्रतिनिधिले मतदान गर्न पाउने वा नपाउने भन्ने विषयको विवादको टुङ्गो लाग्न सकेको छैन । यस विषयमा निर्वाचन समितिका सदस्यबीचमै विवाद रहेको छ । एकथरिले पार्टीको विधानअनुसार नै सभापतिले महाधिवेशन प्रतिनिधि मनोनयन गर्नुभएकाले मतदान गर्न पाउनुपर्ने तर्क गरेका छन् भने अर्काथरिले १२औँ महाधिवेशन सकिएको एक वर्षभित्रमा मनोनयन नभएकाले मतदान गर्न नपाउने तर्क गरेका छन् । 
 
काँग्रेस विधानमा २४० निर्वाचन क्षेत्रबाट समानुपातिक समावेशी प्रतिनिधित्वसहित १२ जनाका दरले दुई हजार ८८० जना, केन्द्रीय पदाधिकारी एवम् ८४ जना, भातृ एवम् शुभेच्छुक १८ संस्थाका ९८ जना, विदेशस्थित १७ देशका जनसम्पर्क समितिका १२६ जना र सभापतिले मनोनयन गरेका ३० जना महाधिवेशन प्रतिनिधिले भाग लिने व्यवस्था छ । नेता विमलेन्द्र निधिले निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने र पदाधिकारी एवम् केन्द्रीय सदस्यले निवार्चनमा उम्मेद्वारी दिन र मतदान गर्न पाउने व्यवस्था गरिएको, शुभेच्छुक एवम् भ्रातृ संस्था र जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिले मतदान मात्र गर्न पाउने व्यवस्था भएकाले सभापतिले मनोनयन गरेका महाधिवेशन प्रतिनिधिले मतदान गर्न नपाउने तर्क गरेका छन्  । 
 
सभापतिले मनोनयन गरेका महाधिवेशन प्रतिनिधिले के गर्न पाउने नपाउने भन्ने सम्बन्धमा विधान मौन रहेकाले मतदान गर्न दिन नहुने भनी तर्क गर्ने निधिको भनाइ छ । कुल तीन हजार १६१ मतदातामध्ये करिब दुई तिहाइले मतदान गरेको निर्वाचन समितिले जनाएको छ । ५ बजेसम्म मतदान भनिए पनि मतदान नसकिएको र महाधिवेशन प्रतिनिधि मतदानका लागि लाइनमा बसेकाले मतदान नसकिएसम्म मतदान कार्य जारी रहनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ