arrow

यी महिलालाई अनौठो रोग, जसले सुन्दिनन् पुरुषको आवाज

logo
प्रकाशित २०७५ माघ ८ मंगलबार
women.JPG

काठमाडौं । संसारमा धेरै किसिमका अचम्मका घटनाहरु हुने गर्छन् । यस्तै एउटा घटना चीनमा घटेको छ । एक चिनियाँ महिलाले पुरुषको आवाज सुन्दिनन् । यो सुन्दा शुरुमा पत्यार नलाग्न सक्छ तर यो वास्तविक हो ।

चीनको इस्ट कोस्ट सिआमे बस्ने एक महिलालाई आफ्नो कानमा केही खराबी छ भन्ने कुरा आफ्ना प्रेमीको कुरा नसुनेसँगै लागेको थियो । एक रात अचानक से चेन नाम गरेकी महिलाको कानमा केही हलचल भएको थियो र बान्ता पनि भएको थियो । त्यसपछि उनले अस्पतालमा डक्टरमा आफ्नो कान दखाएकी थिइन् । जसमा उनले बिस्तारै आएको आवाज नसुन्ने समस्या रहेको पाइएको थियो ।

यसको अर्थ उनले औसतपुरुषसहित कम आवृत्ति भएको आवाज सुन्न नसक्ने पाइएको थियो । महिलाको आवाजमा पुरुषको तुलनामा बढी आवृत्ति हुन्छ । चेनलाई उपचार गर्ने महिला डक्टरका अनुसार उनले बोल्दा भने चेनले सुनिरहेकी थिइन् । यो निकै दुर्लभ बिरामी हो । डक्टरका अनुसार यस्तो अवस्था तनावको कारण उत्पन्न हुन्छ । चेन राती ढिलासम्म काम गर्छिन् र केही दिनदेखि पर्याप्त सुत्न पनि पाएकी थिइनन् ।

डक्टरका अनुसार बच्चा तथा महिलाको मात्र आवाज सुन्न सकिने यो बिरामी सामान्य हो । उत्तरी अमेरिकामा करिब ३ हजार मानिसहरु यस किसिमको दुर्लभ रोगबाट प्रभावित छन् । विश्वभर ४६ करोड ६० लाख मानिसहरु नसुन्ने, कम सुन्ने वा यस्तै बिरामीबाट कुनै न कुनै रुपमा प्रभावित छन् । २०५० सम्ममा यो आँकडा ९० करोडभन्दा बढी हुने अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ