arrow

बेथितिको हद : विना अनुमती पत्रका डाक्टर, नामै नभएका औषधी पसल

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ फागुन २३ आइतबार
Morang-hamrakura.jpg.jpeg
विराटनगर । औषधी व्यवस्था विभाग विराटनगरको अगुवाइमा आइतबार विराटनगरका विभिन्न औषधी पसल सहित निजी नर्सिङ होमहरुको अनुगमन भएको छ ।  विराटनगरको रोडशेषलगायत नगरका लगभग एक दर्जन औषधी पसल र नीजि क्लिनिकहरुको अनुगमन भएको हो । 
 
विराटनगर–१७ मा रहेको चन्द्रमा औषधी पसलले चिकित्सकको लाइसेन्स नलिई चेकजाँच गरेको भेट्टिएको अनुगमन टोलीले जनाएको छ । यस्तै, जयनारायण यादवले विराटनगर १६ मा संचालन गरेको नामबिनाको औषधी पसल बन्द गरेर संचालक भागेको अनुगमन टोलीले जानकारी दियो ।  यादवले नै संचालन गरेको ल्याब फोहोर थियो । विराटनगर–१४ मा रहेको सप्तकोशी नर्सिङ होममा  मिति सकिएका औषधी अनुगमन टोलीले फेला पारेको छ  । 
 
अनुगमन टोलीले मिति सकिएका–११ प्रकारका १९ थान इन्जेक्सन तथा औषधी फेला परेको जनाएको छ । म्याद गुज्रिएका औषधीहरुमा सोडियम कार्वोनेट नामक सुई, एमिनो फाइलिन डोपामिन तथा श्वास प्रश्वासमा प्रयोग गरिने इन्जेक्सन रहेका छन् ।  म्याद नाघेका औषधीहरु सप्तकोशी नर्सिङ होमको इमर्जेन्सी कक्षको दराज भित्र पाइएको थियो । अनुगमनमा औषधी व्यवस्था विभागका प्रमुख गणेश तामाङ, वाणिज्य, आपुर्ति तथा सामान्य प्रसासन मन्त्रालयको निर्देशनमा काठमाडौंबाट खटिएको टोली लगायतको सहभागिता थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ