arrow

नमूना विद्यालयको अनुदान रकम चलखेल गर्न प्रअ नै परिवर्तन 

logo
युबराज रेग्मी,
प्रकाशित २०७५ माघ ९ बुधबार
himalaya-mavi-jhapa.jpg

झापा । दमक –२ मा रहेको नमूना विद्यालय हिमालय माविमा प्रधानाध्यापक नियुक्ति विवादित बनेको छ । जनप्रतिनिधि र शिक्षा अधिकारीहरुले संविधानको मर्म र भावना विपरीत कार्यरत प्रधानाध्यापक विष्णुकान्त झालाई हटाएर नयाँ प्रधानाध्यापकको रुपमा ओमप्रसाद आचार्यलाई मंगलबार नियुक्त गरेपछि उक्त निर्णय विवादित बनेको हो ।

नगरपालिकाले केहि महिनाअघि जारी गरेको नगर शिक्षा नियमावली त्रुटीपूर्ण र संविधानको भावना विपरित रहेको जिकिरसहित स्थानीय सरकार (नगरपालिका) का विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि तत्काल सो ऐन कार्यान्वयन नगर्न आदेश भएकै अवस्थामा सोहि नियमावली अनुसार व्यवस्थापन समितिको हैसियतमा नमूना विद्यालय निर्देशिका अनुसार भन्दै प्रधानाध्यापक नियुक्ति गरेको आरोप लागेको छ । 

सो बिषयमा कार्यरत प्रधानाध्यापक विष्णुकान्त झाले तिव्र असन्तुष्टि सार्वजनिक गरेका छन् । उनले नमूना विद्यालयको लागि करोडौं रकम आएकाले उक्त रकम हिनामिना गर्न आफुले नसघाउने भएकोले बर्खास्त गरिएको आरोप लगाए । 

त्यसैगरी नेपाल शिक्षक संघ र नेपाल शिक्षक महासंघका स्थानीय नेतृत्व समेतले नयाँ प्रधानाध्यापक नियुक्तीको प्रकृया त्रुटीपूर्ण रहेको जिकिर गरेका छन् ।

नेपाल शिक्षक महासंघका केन्द्रिय प्रतिनिधि प्रकाश भण्डारीले संघ र प्रदेश सरकारले शिक्षा ऐन जारी नगरी सकेको अवस्थामा मुलुकमा शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९ जिवितै रहने भएकाले सो ऐन र नियमावली विपरित प्रधानाध्यापकको बदर वा नियुक्ति कानुन विपरीत हुने तर्क गरे ।

नेपाल शिक्षक संघका जिल्ला सहसचिव कुमार खतिवडाले दमक नगरपालिकालाई विपक्षी बनाएर अदालतमा गरिएको रिटमाथिको सुनुवाई माघ ९ गतेका लागि तोकिएको अवस्थामा एकाएक दुई दिनअघि मात्रै नियोजित ढंगबाट प्रधानाध्यापक नियुक्तीका लागि मुल्याङकन समितिले परीक्षाको बहानामा झालाई अनुत्तिर्ण गराएको आरोप लगाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ